काठमाडौं := चर्चित स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–३’ आज(बिहीबार) बाट प्रसारणमा आउने भएको छ । बुधवार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने जानकारी गराइएको छ ।
हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुने शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ । शोको डिजिटल अडिसनमा करिब दुई हजारले सहभागिता जनाएका थिए। त्यसबाट ७ सय छनोट गरिएको थियो ।
सात सयबाट १३२ जनालाई प्रि–जजिङमा सहभागी थिए। ७६ जनाले निर्णायक अगाडि प्रस्तुति दिएका थिए । त्यसमध्ये २४ जना छनोट भएका छन् । यहि २४ जनाबीचको रोमाञ्चक प्रतिस्पर्धा अबको शोमा हुनेछ ।
विशाल भण्डारी निर्देशक रहेको शोमा प्रदीपको अलावा सन्तोष पन्त, मनोज गजुरेल र ऋचा शर्मा निर्णायक रहेका छन् । शोको होस्ट रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । शो घोषणा बुधबार राजधानीमा एक कार्यक्रमका बिच हुँदै छ ।
पत्रकार सम्मेलनमा कान्तिपुर टिभीका प्रोडक्सन हेड सुरज सिंह ठकुरीले टेलिभिजनमा सेन्सरसिपको विषयमा बोलेका थिए । कसैलाई आक्षेप लाग्ने खालका कमेडीलाई सेन्सर गरिने उनले बताएका थिए । यो शो हरेक साता बिहीवार तथा शुक्रवार राति ९ देखि साढे १० बजेसम्म प्रसारण हुनेछ। यो शो ग्राण्ड फिनालेसहित ३३ एपिसोड प्रसारण गरिने छ ।
‘कमेडी च्याम्पियन’को सिजन–१ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए । हिमेश राजनीतिमा पनि सक्रिय छन् ।




















