काठमाडौं := इन्दिरा जोशी र राजनराज शिवाकोटीको स्वरमा रहेको गीत ‘क्यारी भेटुम’ सार्वजनिक भएको छ । राजनराजकै संगीत, रिकेश गुरुङको एरेञ्ज र राजेन्द्र थापाको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विकास प्रसाईंको निर्देशन एवं सम्पादन रहेको गीतको भिडियो रोमान्टिक बनेको छ ।
जसमा गायिका इन्दिरा र प्रभातपल ठकुरीलाई फिचरिङ गरिएको छ । राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई राम केसीले छायांकन गर्नुभएको हो । गीतको भिडियो इन्दिराको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।