क्वालालम्पुर (मलेसिया):= नेपाल मगर संघ केन्द्रिय समिति मलेसिया र मगर संघ क्षेत्रीय समिति जोहोरको संयुक्त आयोजनामा आयोजित मगरहरुको मुख्य चाड माध्या/मकर सकराटी तथा ४२औं मगर दिवसको अवसरमा शुभकामना आदान-प्रदान, भेटघाट साथै जोहोर क्षेत्रीय समितिको अधिबेशन कार्यक्रम-२०८० कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न भएको छ ।
फेब्रुअरी ११ तारिख आईतवार नेपाल मगर संघ मलेसियाकि केन्द्रिय अध्यक्ष पुश्मिता ठाडामगरको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष रविन राई प्रमुख अतिथि र गैरआवासीय नेपाली संघ, जोहोर क्षेत्रीय समितिका वरिष्ठ उपाध्यक्ष अर्जुनसिंह अनुरागी विशिष्ट अतिथि हुनुहुन्थ्यो । तिपेन्द्र बुढा मगर ‘माननीय’ले सहजीकरण गर्नुभएको कार्यक्रममा जोहोर क्षेत्रीय समितिका पूर्वअध्यक्ष सुरेश बुढामगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सोही कार्यक्रमको अवसरमा नेपाल मगर संघ मलेसिया जोहोर क्षेत्रीय समितिको अधिवेशन समेत सम्पन्न भएको छ । अधिवेशनबाट कृष्ण श्रीस मगरको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा भीम विरकट्टा मगर, महिला उपाध्यक्ष आशा गरम्जामगर, सचिव तिपेन्द्र बुढामगर ‘माननीय’, सहसचिव बसन्तकुमारी बराल मगर, कोषाध्यक्ष लोकबहादुर आलेमगर र सहकोषाध्यक्ष हमानसिंह रानामगर चयन भएका छ्न ।
त्यस्तै समितिका सदस्यहरुमा होमराज बाँठा मगर, नारायण दर्लामी मगर, अनिशा पुनमगर, मेनुका मगर, कृतिमान बुढा मगर, सुशील गरम्जा मगर, कुमारी मगर, सुवास लुङ्गेली मगर, नरबहादुर बराईमगर, सिर्जना बुढामगर, सूर्यबहादुर आलेमगर, नरबहादुर सारु मगर, भीम श्रीसमगर र पुष्पबहादुर मगर चयन भएका छ्न ।
त्यसैगरी समितिको प्रमुख सल्लाहकारमा तेजकुमार बुढामगर, सल्लाहकारहरुमा दानबहादुर केप्छाकी मगर, सुरेश बुढामगर, सुनिल थापामगर र क्षेत्रलाल बुढामगर रहनुभएको छ । संरक्षकमा पुश्मिता ठाडा मगर चयन भएकी छिन् ।
उक्त कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार रेश्मा पुन मगरको साथमा स्थानीय कलाकारहरुको जोडदार साँगीतिक प्रस्तुतिहरु रहेका थियो । कार्यक्रममा उपस्थित सबैलाई खानको लागि मगर समुदायको प्रमुख परिकार पस्किएका थिए ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि , अतिथि लगायत सबैले नव निर्वाचित जोहोर क्षेत्रीय कार्य समितिलाई बधाई दिनुको साथै माध्या/मकर सकराटी तथा ४२औं मगर दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साथै नेपाली मगर संघ मलेसिया केन्द्रिय समिति र क्षेत्रीय समितिद्वारा आर्थिक अभियानबाट सक्दो संकलित रकम जाजरकोट मा भुकम्प पिडितका छोरा छोरिको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले सहयोग सामाग्री वितरण गर्ने समितिले जनाएको छ ।