क्वालालम्पुर (मलेसिया):= मलेसियामा स्थापित “हिमालयन फुटबल क्लब” द्वारा आयोजीत छैठौं हिमालयन गोल्डकप २०२४ सभ्य ,भब्य रुपमा सम्पन्न भएकोछ ।
छैठौं संस्करणको खेलको उपाधि पनि आयोजक क्लब “हिमालयन फुटबल क्लब”ले नै जितेको छ। मलेसियामा रहेका उत्कृष्ट २६ नेपाली फुटबल क्लबहरुको सहभागी भएको यस गोल्डकपको विजेता हिमालयन फुटबल क्लब तथा उपविजेता आरटी एफसी फुटबल क्लब भएको छ ।


हिमालयन फुटबल क्लब समूह ‘ए’ र आरटी फुटबल क्लब समूह ‘बि’ को विजेता बन्दै फाइनलमा पुगेको थियो। फाइनल खेलको निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी भए पछि पेनाल्टी सुटआउट मार्फत हिमालयन फुटबल क्लब विजेता बनेको थियो ।
विजेता टिम , क्लबले आरएम ३५ हजार मलेसियन रिंगेट नगद सहित ट्रफी र मेडल प्राप्त गरेको थियो । साथै उप-विजेता टिमले आरएम १५ हजार मलेसियन रिंगेट नगद सहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी हिमालयन फुटबल क्लबका गोलरक्षक राज कुमार लिम्बु, उत्कृष्ट गोलरक्षक आरटी फुटबल क्लबका अरुण तामाङ, उत्कृष्ट डिफेन्डे हिमालयन फुटबल क्लबका क्याप्टेन राज कुमार कुमाल, सार्वाधिक गोलकर्ता रोषशेस श्रेष्ठ, अनुशासित खेलाडी हिमालयन फुटबल क्लबका अजित चौधरी र अनुशासित टिम जेबी युनाइटेड भएको थियो । यस्तै उत्कृष्ट कोच हिमालयन फटबल कपलबको कोच केन घोषित भएको थियो ।

मलेसिया स्थित पानासोनीक रंगशाला शाहाआलाममा छैठौं हिमालयन गोल्डकप २०२४ फेब्रुअरी १०, ११ र १२ तारीख संचालन भएको थियो । उद्घाटन मैत्रीपुर्ण खेल नेपाली दुतावास र गोर्खा एशोसियशन मलेसियाको गोर्खा फुटबल क्लब बिच भएको थियो ।

उक्त मैत्रीपुर्ण खेलमा गोर्खा फुटबल क्लबले १-० ले नेपाली दुतावासको टिमलाई जितेको थियो । यस संस्करणको मुख्य प्रायोजक रियाआईएमई मोनिट्रान्स्फर रहेको थियो । साथै देश तथा बिदेशका संघसंस्था, ब्यवसाय, खेल प्रेमी उल्लेख्य ब्यक्तिहरुले प्रायोजन गरेका थिए ।
खेलको समापनमा आयोजक क्लबको तर्फबाट विजेता टिम , खेलाडी , प्रायोजक , मिडिया पार्टनर लगायतलाई मायाको चिनो प्रदान गरि सम्मान गरेका थिए ।




















