मलेसिया := वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली श्रमिकको दु:खद निधन भएको छ । नेपाल ठेगाना सल्यान जिल्ला कालिमाटी गाउँपालिका वडा नम्बर २ निवासी मेघराज वलीको निधन भएको हो ।
मलेसियाको ईपोपेराकमा कार्यरत वलीको रेलको ठक्करबाट निधन भएको भनिएको छ । तर रेलको लिकभन्दा केही पर झाडिमा शव भेटिएकोले मूत्यु शंकास्पद देखिएको छ।
मलेसियामा नेपालीको निधन भएको खबर सुनेपछि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले मूतकको परिवारलाई तत्कालै २ लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराउने घोषणा गरेको छ ।
यो दु:खद घडीमा परिवारलाई परेको चोटमा मल्हम लगाउन तत्काल सहयोगको घोषणा गरेको छौ, अध्यक्ष सन्जय थापाले मलेसियामा आयोजित प्रवासी कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमबाट मन्तव्य दिदै जनकारी दिए। उनि १५ महिना अघि मात्रै मलेसिया आईपुगेका थिए।



















