चलचित्र‘मेयर’को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित।

काठमाडौं := चलचित्र‘मेयर’को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित हुनुभएको छ । बुधबार निर्माण कम्पनी र राउतबीच लिखित सहमति भएको हो । चलचित्रमा राउतले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्ने जनाइएको छ । पहिलोपटक खगेन्द्र र वर्षाले स्क्रिन सेयर गर्न लाग्नुभएको हो । यो चलचित्रमा अर्पण थापा यसअघि अनुबन्धित भइसक्नु भएको छ ।

चलचित्रको छायांकन फागुन १५ देखि सर्लाहीमा हुने जनाइएको छ । चलचित्रलाई पटकथा प्रोडक्सनले निर्माण गर्दैछ भने निर्देशक तथा निर्माताको रूपमा दीपेन्द्र के खनाल रहनुभएको छ । यो चलचित्र सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनबारे प्रेरित हुने बताइएको छ ।