श्रीलंकाको मुद्रास्फीति जनवरीमा बढेर ६ दशमलव ४ प्रतिशत पुग्यो।

Colombo,Sri Lanka- December 05 2018 ; View of the Colombo city skyline with modern architecture buildings including the lotus towers.

श्रीलंका:= श्रीलंकाको मुद्रास्फीति जनवरीमा बढेर छ दशमलव चार प्रतिशत पुगेको छ । सन् २०२३ को डिसेम्बरमा मुद्रास्फीति चार प्रतिशत रहेको जनगणना तथा तथ्यांक विभाग (डिसिएस)ले बुधबार जनाएको छ ।

खाद्य मुद्रास्फीति डिसेम्बर २०२३ मा शून्य दशमलव तीन प्रतिशतबाट जनवरी महिनामा तीन दशमलव तीन प्रतिशतमा बढेको डिसिएसले आफ्नो पछिल्लो विज्ञप्ति सार्वजनिक गरेको हो । गैरखाद्य समूहको मुद्रास्फीति पनि डिसेम्बरमा पाँच दशमलव आठ प्रतिशतबाट बढेर जनवरीमा सात दशमलव नौ प्रतिशत पुगेको छ ।

डिसिएसका अनुसार मुख्यतया आवास, पानी, बिजुली, ग्यास, शिक्षा, कपडा, मादक पेय पदार्थ, सुर्तीजन्य र लागूऔषध, मनोरञ्जन र संस्कृति, विविध वस्तु, सेवाहरू र स्वास्थ्यका कारण मुद्रास्फीति बढेको हो। सन् २०२२ सेप्टेम्बरदेखि श्रीलंकाको मुद्रास्फीति लगातार घट्दै गएको छ । उक्त समयमा मुद्रास्फीति ६९ दशमलव आठ प्रतिशत थियो ।

जनवरी महिनाको सुरुमा केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंगेले मूल्य अभिवृद्धि करमा वृद्धि र आपूर्ति पक्ष समस्याका कारण तरकारीको मूल्य बढेको भन्दै जनवरीमा श्रीलंकाको मुद्रास्फीति करिब सात प्रतिशतले बढ्नसक्ने बताउनुभएको थियो । रासस/सिन्हृवा ।