क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले यहाँ गैरकानुनी हैसियतमा रहेका आप्रवासी अवैधानिक नेपालीसंगै विदेशी कामदारहरुलाई स्वदेश फिर्ता गर्नका लागि चाडैंनै घरफिर्ती कार्यक्रम सुचारु गर्ने भएको छ् ।
यो भन्दा पहिले गत बर्ष सन् २०२३ डिसेम्बर ३१ तारिख मलेसियामा रहेका अवैधानिक विदेशी कामदारले भिसा लगाउन मिल्ने रिक्यालिब्रेसी तेनागा केरजा २.० को अवधी सकिए लगत्तै मलेसियाली सरकारले घरफिर्ती कार्यक्रम सुरु गर्न लागिएको हो ।
स्वदेश “घरफिर्ती” कार्यक्रम यहीँ मिति सन् २०२४ मार्च १ तारिखदेखि सुरु गरिने मलेसिया सरकारको गृहमन्त्री ( Senator Datuk Seri Saifuddin Nasution bin Ismail ) दातोक श्री सैफुदिन नासुशन बिन इस्माईलले बताउनुभयो ।
गृहमन्त्री इस्माईलले बताए अनुसार अवैधानिक रहेका विदेशी श्रमिकहरुले आफैं मलेसियाली अध्यागमन बिभागमा उपस्थित भएर जरिवाना (compound) वापत्तको लाग्ने रकम आरएम ५०० रिंगेट तिरेर स्वदेश फिर्ती हुन पाउनेछ्न् ।
घरफिर्ती कार्यक्रम सुरु हुने भएसंगै मलेसियामा अवैधानिक हैसियतमा रहेका नेपाली कामदारहरु लाई स्वदेश फिर्ती हुन एकदमै सहज हुने भएको छ ।





















