आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा दिपकराज र दीपाश्री।

काठमाडौं := आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा कम्पनीले कलाकार दिपकराज गिरी र दीपाश्री निरौलालाई नियुक्त गरेको छ ।

शुक्रबार पोखरास्थित कुटी रिसोर्टमा आयोजित अन्तर्राष्ट्रियस्तरको अभिकर्ता तालिम कार्यक्रमबीच गिरी, निरौला र आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयालले कम्पनीको प्रचारप्रसार, विभिन्न क्रियाकलापमा सहभागी भई कम्पनीको पहिचान तथा साख वृद्धिलगायत बिमा सचेतनामा ब्राण्ड एम्बेसडरको महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

नवनियुक्त ब्राण्ड एम्बेसडरद्वयले पनि आइएमई लाइफ इन्योरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महसुस भएको बताउनुभएको थियो ।