हिन्दी फिल्म उद्योगको सबैभन्दा ‘हिट’ र बढी कमाउने अभिनेत्री दीपिका पादुकोण।

मुम्बई:= दीपिका पादुकोण अहिले हिन्दी फिल्म उद्योगको सबैभन्दा ‘हिट’ अभिनेत्री हुन्। उनीसबै भन्दा धेरै कमाउने अभिनेत्रीहरुमा पनि पर्छिन । उनी हाल भारतीय फिल्म उद्योगमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री पनि हुन्।

उनले अहिलेसम्म २५ वटा हिन्दी फिल्ममा काम गरेकी छन् । जसमध्ये १५ वटा फिल्म करोड क्लबमा पुगेका छन् । दीपिका आफ्नो पहिलो फिल्म ‘ओम शान्ति ओम’ बाट विश्वभर १०० करोड क्लबमा प्रवेश गरेकी थिइन् ।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ऋतिक रोशन अभिनित फिल्म ‘फाइटर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । अहिलेसम्म फाइटरले विश्वभर १०० करोडभन्दा बढी कमाइसकेको छ । पहिलो दिन करिब ३७ करोड, दोस्रो दिन करिब ५५ करोड र तेस्रो दिन करिब ४५ करोड कमाएर १०० करोड नघाएको हो ।

यीनै फाइटरबाट दीपिका पादुकोणले विश्वभर १५० करोडभन्दा बढी कमाउने १५ फिल्म दिएकी छिन् ।सन २००७ को दिवाली ब्लकबस्टरले एक शानदार फिल्म करियरको जग बसाएको थियो । त्यहाँ धेरै फिल्महरू छन् जहाँ दीपिका पादुकोणले आफ्ना फिल्महरूको बक्स अफिस बढाएका छन् र यो एक भरपर्दो अभिनेत्रीको चिन्ह हो।