मुम्बई := नेपाली गायिका मेनुका पौडेल इण्डियन आइडलको टप १० मा प्रवेश गर्नुभएको छ । आइतबारराति प्रशारण भएको शृंखलाबाट उहाँ इण्डियन आइडलको १४औं संस्करणको टप १० मा प्रवेश गर्न सफल हुनुभएको हो ।
आइतबार राति उहाँले आफ्नो कम्फर्ट जोनबाट बाहिर गएर फाण्ट बिटको गीत गाउनुभएको थियो । जसको निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए । मेनुकाको गायिकीको भारतमा प्रशंसा भइरहेको छ ।
भारतीय दिग्गज गायक गायिका तथा अभिनेताहरूले उहाँको गायकीको तारिफ गरिरहेका छन् । मेनुकाले केही समयागाडि रिलिज भएको चलचित्र ‘सलार’मा गीत गाउने अवसर पनि पाउनुभएको थियो ।



















