रास्वपाका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै।

काठमाडौं:= राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडेर मिडियामा समाचार आउन थालेपछि पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् आजै साँझ पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् । लामिछानेले मिडियामा आएका समाचारमा सत्यता नभएको दाबीसमेत गरेका छन्।

उनले लेखेका छन्, ‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका “स्लिप” मा कोहि “स्लिप” हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।’

त्यस्तै पुनः एक अर्को स्टाट्स लेख्दै भनेका छ्न ,‘सम्पुर्ण गाली गलोजहरु सुरक्षीत राख्नु होला। कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ। पार्टी कार्यालयमा आज ४:३० बजे पत्रकार सम्मेलनमा प्रश्न सहित आउनु होला।’