
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारको गृहमन्त्री दातुक श्री सैफुद्दीन नासुशन इस्माइलले विदेशी कामदार मलेसिया ल्याउन कोटा आवेदन र विदेशी कामदारहरूको स्वीकृतिको लागि हाल बन्द गरिएको (फ्रिज) हटाउन कुनै पनि छलफल नभएको पुष्टि गरेका छन्।
गृह तथा मानव संशाधन मन्त्रालयले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा सैफुद्दीनले यस्तो बताएका हुन् । “अहिलेसम्म (विदेशी कामदार कोटा फ्रिजमा) कुनै छलफल भएको छैन,” गृहमन्त्री सैफुद्दीनले यहाँ कम्प्लेक्स सेतिया पर्कासामा भने।
गत वर्ष मार्च महिना अर्थात फागुन १ गतेदेखि वैदेशिक कामदार रोजगारी राहत योजना लगायत सबै क्षेत्रका लागि कोटा आवेदन र स्वीकृति दिन स्थगन गरिएको थियो ।
तर, त्यस पश्चात् पनि रोजगारदाताले पुरानो स्वीकृति लिइसकेको कोटामा लेबि र कोटा बापत्तको शुल्क तिरेर विदेशी कामदारलाई मलेसिया ल्याउन १८ महिनाको समय म्याद दिएको थियो ।
उनले भने कि जानकारी अनुसार बुझिएको छ कि केहि रोजगारदाताहरूले समयसीमा पूरा गर्नको लागी मात्रै भएपनि विदेशी कामदारहरू ल्याएका हुन सक्छन्। गत असोज १० गते सरकारले कपाल काट्ने , कपडा उत्पादन र सुनचाँदी उपक्षेत्रका लागि विदेशी कामदार भित्र्याउन रोक लगाएको थियो।
स्थानीय सञ्चार माध्यम , मिडियाको सहयोगमा




















