साउदी अरेबिया := कोरोना भाइरस (कोभिड-१९) को महामारीका बेला घर फर्किएका ८ जना नेपाली कामदारलाई तलब लिन साउदीको एक कम्पनीले बोलाएको छ ।
त्यसरी साउदी अरेबियाको साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनीले बोलाएकोमा नेपालीहरु क्रमशः सिराहका सञ्जय कुमार यादव र बुध्न मुखीया मलह, सुरेश कुमार शाह, नवलपरासीका बाबुराम केवत, खोटाङका प्रकाश गिरी, उदयपुरका देब बहादुर राना मगर र तेह्रथुमका भिमप्रदास दाहाल रहेका छन् ।
साउदी अरेबियाको साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनीमा काम गर्दै आएका तर, कोभिड महामारीमा घर गएका ८ जना नेपालीलाई त्यो बेला काम गरेको तलब लिन बोलाएको हो । त्यसका लागि कम्पनीले साउदीस्थित नेपाली राजदूतावासलाई पत्राचार गरेको थियो ।
महामारीले गर्दा फर्की कम्पनीमा आउृन नसकेको, कम्पनीले दिनुपर्ने तलब सुविधा (सर्भिस बेनिफिट) भुक्तानीको लागि उनीहरूलाई सम्पर्क गर्न प्रयास गरेको तर, नसकेको जानकारी कम्पनीले दूतावासलाई गराएको थियो । सोही आधारमा दूतावासले ति ८ जनालाई कम्पनीमा सम्पर्क गरी वा कम्पनीको इमेल ठेगानामा आफ्नो जानकारी दिन अनुरोध गरेको हो ।
तलको सुचीमा हेर्नुस् नेपालीहरुको नाम र पाउने जम्मा रकम :