क्वालालम्पुर (मलेसिया):= मलेसिया क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जोहोर राज्यमा कार्यरत नेपाली कामदारलाई सहजताको लागि त्यहीँ पुगेर कन्सुलर सेवा दिने भएको छ ।
दूतावासका अनुसार “मिति २०८० साल माघ ६ र ७ तदानुसार सन् २०२४ को जनवरी २० र २१ तारिखको दिन नेपाली राजदूतावासले मलेसियाको जोहोरबारुबाट राहदानी नवीकरण लगायतको कन्सुलर सेवा उपलब्ध गराउने भएकोले सो सेवा लिन ईच्छुक नागरिकहरुले यो फारम भर्न यहीँ लिङ्कमा क्लिक गर्नुस् । मा मागेको विवरण भर्नुहोला।” सार्वजनिक सूचनामा उल्लेख छ ।
कार्यक्रम संचालन Z Hotel, No. 18 Jalan Won Ah Fook, 80000 Johor Bahru, Johor मा जनवरी २० तारिख विहान १०:०० बजेदेखि साझ ०५:०० वजे सम्म हुनेछ् , भने जनवरी २१ तारिखको दिन विहान ०९:०० वजेदेखि ०३:०० बजेसम्म हुने सूचनामा उल्लेख छ ।
साथै कन्सुलर सेवा लिन आउनेहरु लाई कुनै किसिमको अप्ठ्यारो समस्या भएमा दूतावासको कर्मचारी बहादुर थापाको मोबाईल नम्बर +६०१६६०१३०६५ मा सम्पर्क गर्न सकिनेछ् ।




















