अवैधानिक श्रमिक स्वदेश फर्किन मिल्ने”घरफिर्ती” कार्यक्रम चाडैं खोल्ने मलेसियाको तयारी।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले यहाँ गैरकानुनी हैसियतमा बसेका आप्रवासी अवैधानिक विदेशी कामदारहरुलाई स्वदेश फिर्ता गर्नका लागि चाडैंनै घरफिर्ती कार्यक्रम संचालन गर्ने तयारी गरेका छ्न।

मलेसियामा रहेका अवैधानिक विदेशी कामदारले भिसा लगाउन मिल्ने रिक्यालिब्रेसी तेनागा केरजा २.० को अवधी पनि सकिएकोले यहाँ रहेका विभिन्न देशको सम्बन्धित दूतावासले आ-आफ्नो देशको नागरिकहरुलाई स्वदेश फर्किन सहज वातावरण निर्माण गरिदिन र सजिलै स्वदेश फिर्ती हुन मिल्ने घरफिर्ती कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका कारण सोही अनुरोधलाई स्विकार्दै घरफिर्ती कार्यक्रम खोल्ने तयारी थालिएको सरकारको गृहमन्त्री ( Senator Datuk Seri Saifuddin Nasution bin Ismail ) दातोक श्री सैफुदिन नासुशन बिन इस्माईलले स्थानीय सञ्चारकर्मीसंगको कुराकानी क्रममा बताए।

advertise

गृहमन्त्री इस्माइलले पुत्राजायामा अवस्थित मानव संसाधन मन्त्रालयको बैठकपछि बोल्दै भने, “यहाँ मलेसियामा अवैधानिक रहेका विदेशी आप्रवासी कामदारहरु लाई आ-आफ्नो स्वदेश फर्किने घरफिर्ती (Recalibrasi pulang) कार्यक्रम यहीँ वर्षभित्रै खोल्ने तयारी चलिरहेको छ।”

तर यो विषयलाई कार्वानयनमा ल्याइ सुचारु गर्न सरकारको मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने हुन्छ । हामी यस् बर्ष र यो भन्दा पहिल्यैदेखि अवैधानिक बसेका विदेशी कामदारलाई स्वदेश फिर्ता गराउन पुन: क्यालिब्रेसन पुलाङ कार्यक्रमको प्रस्ताव मन्त्रीपरिषदमा गर्नेछौं , र मन्त्रीपरिषदकै बैठकले स्वदेश फर्किन लाग्ने जरिवाना रकम र मिति निर्धारण गर्ने स्थानीय सञ्चारकर्मीसंग गृहमन्त्री इस्माइलले बताए।