५०० करोड क्लब पुग्ने रणवीरको पहिलो फिल्म बन्यो ‘एनिमल’

एजेन्सी (मुम्बई):= सन् २०२३ को अन्त्यमा तीन फिल्म एनिमल, डंकी र सलार प्रदर्शनमा आए । डिसेम्बर १ बाट प्रदर्शनमा आएको एनिमल रणवीरको जीवनकै सबैभन्दा हिट चलचित्र बन्यो । प्रदर्शनमा आएको ३८ औं दिनमा यो फिल्मको सिनेमा घरबाट बाहिरिएको छैन ।

त्यस्तै डिसेम्बर २१ बाट प्रदर्शनमा आएको शाहरुख खानको डंकी सन् २०२३ को तेस्रो फिल्म हो । यो फिल्मले ‘माउथ पब्लिसिटी’ मात्र राम्रो पाएको छैन, व्यापार पनि राम्रो गरेको छ । त्यस्तै प्रभासको मुख्य भूमिका रहेको सलारले सुरुवाती दिनदेखि नै आक्रामक व्यापार गर्दै आएको छ ।

सन्दीप भंगाको निर्देशन रहेको एनिमल ५०० करोड क्लबमा प्रवेश गरेको रणवीरको पहिलो फिल्म हो । बुबा–छोराको प्रेममा आधारित यस फिल्ममा भरपुर एक्सन देख्न सकिन्छ ।

ट्रेड एक्सपर्टकाअनुसार प्रदर्शनमा आएको ३८ औं दिनमा यो फिल्मले हिन्दी भाषामा ४५ लाख भारुको व्यापार गरेको छ । यससँगै यो फिल्मले ५५० करोड भारुको व्यापार गरेको छ ।