सिंगापुरमा रहेको क्रिप्टोकरेन्सी संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत।

सिंगापुर:= सिंगापुरको एक अदालतले आर्थिकरूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।

थ्री एरो क्यापिटलले गतवर्ष आर्थिक रूपमा संकटग्रस्त बनेको भन्दै निवेदन दायर गरेको थियो । क्रिप्टो बजारमा मूल्यहरू घट्दै जाँदा यसको सम्पत्तिमा ठूलो कारोबार रोकिएपछि संस्था आर्थिक रूपमा धराशायी बनेको थियो ।

बेलायती भर्जिन आइल्याण्डको एक अदालतले सह-संस्थापक सु झू र काइल डेभिस तथा डेभिसकी पत्नी केली चेनविरुद्ध सोमबार उक्त आदेश जारी गरेको कारोबार रकम व्यवस्थापनका लागि जिम्मेवारी तोकिएको टेनेओ नामक संस्थाले जनाएको छ ।

आदेशमा भनिएको छ, ‘उनीहरूले आफ्नो सम्पत्ति (स्थानान्तरण वा बिक्री सहित) १.१४४ अर्ब अमेरिकी डलर बराबरको कारोबार गर्न रोक लगाएका छन् ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसले थ्री एरोका संस्थापकका विपषी र सहयोगीहरूलाई उनीहरूको कानुनी दायित्व र जोखिमको बारेमा स्पष्ट संकेत पनि दिएको छ ।’

आदेशमा डेभिसकी श्रीमतीलाई समावेश गर्नुले ‘लिक्विडेटर’हरूले सम्पत्ति पुनः प्राप्त गर्ने प्रयासको थप विस्तारलाई संकेत गर्दछ । गत सेप्टेम्बरको अन्त्यतिर सिंगापुरबाट उडान भर्ने क्रममा झुलाई पक्राउ गरिएको थियो र उनी चार महिनादेखि जेल जीवन बिताइरहेका छन् ।

डेभिस र उहाँकी पत्नीको ठेगाना अहिले थाहा छैन । तीनैजना सिंगापुरका नागरिक हुन् । सिंगापुरको मौद्रिक प्राधिकरणले झू र डेभिसलाई नौ–नौ वर्षका लागि देशमा नियमित लगानी गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो ।

लिक्विडेटर, ब्रिटिश भर्जिन आइल्याण्ड्सको एक अदालतले दिवालियापनको अध्यक्षता गर्न आदेश दिएको छ, थ्री एरोको सम्पत्ति पुनप्र्राप्त गर्न र कम्पनी असफल भएपछि यसको कारोबारलाई फिर्ता ल्याउने प्रयास गरिरहेको छ ।

यद्यपि, उसले झु र डेभिसलाई रकम फिर्ता गर्ने प्रयासमा सहयोग नगरेको र स्वेच्छाले जानकारी प्रदान गर्न असफल भएको आरोप लगाएको छ । रासस/एएफपी ।