क्वालालम्पुर (मलेसिया):= मलेसियन जनरल अपरेशन फोर्स (पीजीए) , अध्यागमन बिभाग इमिग्रेशनका कूल १ हजार सदस्य र सयौं प्रहरी अधिकारीहरूले मिलेर आज बिहीबार क्वालालम्पुरमा अवस्थित जालान सिलाङमा रहेको कोताराया ‘मिनी ढाका’ मा अवैधानिक विदेशी कामदारविरुद्ध व्यापक धरपकड र छापामारी गरेको छ ।
जानकारी अनुसार पछिल्लो समय त्यस क्षेत्रमा ब्यापार , ब्यावसाय गर्दै आएका विदेशी कामदार बिशेषगरि बङ्लादेशका नागरिकहरुले स्थानीय मलेसियन नागरिकहरुसंग दुव्र्यवहार गर्ने गरेका थिए ।
त्यस् क्षेत्रका विदेशीहरु स्थानीय जस्तै बनेर अवैधानिक तवरले सञ्चालित रेष्टुरेन्ट , कपडा पसल , पान पसल चलाउने बङ्लादेशीहरुले ‘ठूलो टाउको’ बन्ने गरेको र अत्याधिक दुव्र्यवहार गर्ने गरेको स्थानीयले प्रशासनलाई दिइएको निवेदन अनुसार मलेसियाको नियम कानुनलाई लत्याउदै ठुल ठुलो कुरा गर्ने र अवैधानिक हैसियतमा रहेका विदेशीहरुलाई पक्राउ गर्न पिजीए र अध्यागमन प्रहरीले आज बिहान ११:०० बजेदेखि नै कोताराया क्षेत्रलाई घेराबन्दी गरेका थिए ।

त्यस् क्षेत्रमा रहेको सडकका चार वटा ब्लक जोडेर प्रत्येक परिसरमा पूर्णरुपमा सशस्त्र र विशेष उपकरणसहित सुरक्षाकर्मीले प्रवेश गरेर घेराबन्दी गरेका थिए ।
सो अपरेसनमा अध्यागमनले पत्रकारहरूलाई दिइएको जानकारी अनुसार दिउँसो ०१:०० बजेसम्म कम्तीमा ५०० जना विदेशीलाई हिरासतमा लिएको पाइएको छ ।
हिरासतमा रहेका र पक्राउ परेकाहरु बंगलादेशी, नेपाली र म्यानमारका नागरिक रहेको जनाइएको छ ।

साथै सोही छापामारीको क्रममा बङ्लादेशीहरुले अवैधानिक तवरले क्लिनिक संचालन गरेको समेत भेटिएको र सो क्लिनिकमा मलेसियाको स्वास्थ्य मन्त्रालय अनुमति बिना बाङ्लादेशबाट अवैध औषधि समेत ल्याई बिक्री बितरण गर्ने गरेको पाइएको र सो क्षेत्रलाई बङ्लादेशीहरुलेनै अत्याधिक दुर्गन्धित बनाएको पाइएको अध्यागमन बिभागले जनाएको छ ।
पक्राउ परेका सबै विदेशी नागरिकहरूलाई कागजात समीक्षा प्रक्रियाका लागि क्वालालम्पुर प्रहरी प्रशिक्षण केन्द्र (पुलापोल)मा लगिएको थियो । छानबिनको दौरान पक्राउ परेकाहरुको साथमा पुर्ण वैधानिक कागजात नरहेको विदेशी नागरिकहरुलाई जेल चलान र डिपोर्ट गरिने जनाएको छ् ।
Source : jabatan imigresen malaysia




















