मलेसियामा कार्यरत नेपाली ब्यावसायी टेक बहादुर साउद पार्कमा मृत फेला।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा होटेल ब्यावसाय सञ्चालन गर्दै आएका एकजना नेपाली श्रमिक ब्यावसायी मृत  अवस्थामा फेला परेका छ्न ।

मलेसियाको जोहोर राज्यमा ब्यावसाय गर्दै आएका नेपाल ठेगाना डोटी जिल्ला निवासी टेक बहादुर साउद मंगलबार बिहान करिबकरिब ०८:०० बजे आफू बस्ने कोठा नजिकैको पार्कमा मृत् अवस्थामा फेला परेको एनआरएनए जोहोर क्षेत्रीय समितिका सदस्य एवम् समाजसेवी श्रमिक बिनोद भण्डारीले मलाया खबरलाई बताए ।

मृत् अवस्थामा भेटिएका मृतक साउदको मुखबाट सेतो फिज निस्केको कारण पार्कमै गएर विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशँका गरिएको छ । मृतक साउद बिगत १० बर्ष पहिलेदेखिनै मलेसियामा काम गर्दै आएका थिए ।

सुरुमा मलेसियामा एक म्यानुफ्याक्चरिङ कम्पनीमा काम गर्न आएका साउद पछिल्लो केहि बर्षदेखी आफैं होटेल सञ्चालन गरि ब्यावसाय गर्दै आएका थिए । साउदले के कारणले आत्महत्या गरेका हुन् भन्ने कारणबारे स्पष्ट खुल्न सकेको छैन। जानकारी अनुसार उनको मृत शव पोस्टमार्टमको लागि स्थानीय सुल्तान हस्पिटलमा लगिएको छ ।

शव नेपाल पठाउन आवश्यक सहयोग समन्वय मलेसियामा स्थापित नेकपा एमालेको विदेश संगठन प्रवासी नेपाली मञ्च मलेसियाले गरिरहेको र पोस्टमार्टम सकिए पश्चात नेपाली दूतावास लगायत विभिन्न संघसंस्था र सम्बन्धित निकायको सहयोग समन्वयमा मृतक साउद्को शव अन्तिम दाहसंस्कारको लागि नेपाल फर्काइने प्रवासी नेपाली मञ्चका अध्यक्ष दयाराम कुमालले बताए ।

advertise