[ आरएन चौधरी थारु ]
युएई := “थारु कला र संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रबर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मुल नाराको साथ स्थापित संस्था थारू कल्याणकारिणी सभा यू.ए.ई.को आयोजनामा १० औं वार्षिक मेला तथा तिला सकरा, खिचरा – खिचरी – खिचडी – माघ – माधी कार्यक्रम हुने तय भएको छ ।
थाकसको युएईको १० औं वार्षिक मेला तथा माघी कार्यक्रम आउँदो नयाँ बर्ष मिति सन् २०२४ जनवरी २१ तारिख आईतवारको दिन क्लब एभरेस्ट अष्टोरिया होटेल बर दुबईमा दिउँसो ०१:०० बजेदेखि आयोजना हुने तय भएको हो ।
सो कार्यक्रममा नेपालबाट आमन्त्रीत अतिथि कलाकारहरु सोनु कुश्मी थारु , प्रकाश माझी थारुसंगै युएईमै कार्यरत रहिआएका थारु समुदायकै कलाकारहरु क्रमश : गायक केशवराज महतो , डान्सरहरु बुद्धि , अभिमन्यु , पवित्रा , जानकी , कोशिला , देवराज , जिया , सानू , पबिन , किशनलाल लगायतले साँगीतिक प्रस्तुति दिने थाकस युएईले बताए ।
थाकस युएईले आफ्नो १० औं वार्षिक मेला तथा माघी कार्यक्रममा युएईमा कार्यरत सम्पुर्ण थारु समुदाय लगायत नेपालीजनमा उपस्थितिको लागि सार्वजनिक निमन्त्रणा गरेका छ्न ।




















