काठमाडौं := गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’ सार्वजनिक भएको छ । कपिल भट्टको शब्द, अर्जुन पोखरेलको संगीत, आदेश गुर्माचनको एरेञ्ज र नरेश बिसीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खड्काको कथा, कन्सेप्ट र निर्देशन रहेको भिडियोमा गरिमा शर्मा र कपिल भट्ट फिचर्ड हुनुहुन्छ । भिडियोमा एक विवाहित जोडीको कृषिकर्मलाई देखाइएको छ । गीतको भिडियोमा उत्तम हुमागाईंको छायांकन, अनिता ग्वाछाको मेकअप, भ्यालेन्टिनो बुटिकको पहिरन, सुदीप ढकालको प्रोडक्सन र विकास धमलाको सम्पादन छ ।



















