[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहि काम गर्दैगर्दा बिरामी परेर अस्पताल भर्ना भएर उपचाररत रहेका एक नेपाली श्रमिकको मृत्यु भएको छ ।
नेपाल ठेगाना म्याग्दी जिल्ला रघुगंगा गा.पा. वडा नं. ९ मंगलेखानी देखि रोजगारीका लागि ६ बर्ष पहिले मलेसिया आईपुगेका नेपाली श्रमिक दिपक छन्त्याल वर्ष २६ लाई गम्भिर रोग लागि मलेसियाकै अस्पतालमा उपचारार्थ रहेको बेला यहीँ मिति सन् २०२३ नोभेम्बर ४ तारिख सोमबारको दिन मृत्यु भएको हो ।

दिपल छन्त्याल बिगत एक बर्षदेखि रोजगारदाता कम्पनी छाडेर भागेर अवैधानिक हैसियतमा रहि काम गर्दै आएका थिए । एकदिन अच्चानक हातखुट्टा नचल्ने शरीर काम्ने गरेर बिरामी परेका छन्त्याल स्थानीय अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था चेकजाँच पश्चात् डाक्टरले छन्त्याललाई ब्लड प्रेसर हाई भएर शरीर प्यारालाइस भएको र दुईवटा मृगौला समेत खराब भैइसकेको डाक्टरले बताए ।

तै पनि साथीभाईको सहयोगमा थोरबहुत उपचार गराएपछि बाचेर नेपाल फर्किएर मरुला भन्ने सम्मको हिम्मत बनाएका छन्त्याल अन्ततः अस्पतालको शैयाँमा छटपटाउँदै सधैंको लागी अस्ताए ।
घरको आर्थिक अवस्था समेत एकदमै नाजुक रहेका छन्त्यालको मृत शव नेपाल फर्काउन आर्थिक अभावले समस्या भैइरहेको उपचारमा सहयोग गर्न संलग्न समाजसेवी नेपाली श्रमिक एलबि मगरले मलाया खबरलाई बताए ।

उपचारको क्रममा पहिलेको बिल भुक्तानी गरे ता पनि करिबकरिब एक महिना अस्पताल बसेर उपचार गराएपछि अस्पतालको मोटामोटी तिर्न बाँकी रहेको बिल आरएम १४ हजार रिंगेट भन्दा बढी पुगेको छ । बिल भुक्तानी गर्न आर्थिक अभाव रहेकोले मृतक छन्त्यालको शव अस्पताल बाट निकालेर स्वदेश फर्काउन एकदमै धेरै समस्या भैइरहेको श्रमिक मगरले बताए ।
सरकारको निकाय मलेसियास्थित नेपाली राजदूतावासले सहज तरिकाले पहल गरिदिएर अस्पतालको बिल माफ गराईदिएर सहयोग गरिदिएको भए त्यस्तै मलेसियामा रहेका अन्य सामाजिक , राजनीतिक् पार्टीका संघसंस्थाहरुले समेत पहल र सक्दो आर्थिक सहयोग गरिदिएको भए धेरै सहयोग पुग्ने र मृतक छन्त्यालको शव छिट्टै अन्तिम दाह संस्कारको लागि नेपाल फर्काउन सहज हुने र सहयोग पुग्ने पहलकर्ता श्रमिक मगरले बताए ।
यता मलेसियास्थित नेपाली दूतावासले मृतकको बारे सम्पुर्ण पत्र दूतावासमा आईसके पश्चात् हामीले गर्नुपर्ने सहयोग अवश्यनै गर्नेछौं र अस्पतालको बिल माफ गराउन आवश्यक सम्पुर्ण पहल समेत गर्नेछौं , महामहिम राजदूत डिल्लीराज पौडेलले मलाया खबरलाई भन्नुभयो ।
साथै यस्तै यस्तै जटिल समस्या आउने भएकोले र अवैधानिक रहेकै कारण उपचारमा कठिनाई हुने, आर्थिक अभाव हुने लगायत कैयौं समस्या देखिने भएकोले कोहि पनि नेपाली कामदार मलेसियामा आफ्नो रोजगारदाता कम्पनी छोडेर भागेर अवैधानिक नबनिदिनुहुन दूतावासले अनुरोध गर्नुभएको छ ।




















