मलेसियामा नेपाली श्रमिकको मुद्दा विषयमा सभापति लामिछाने र राजदूत पौडेलबीच छलफल भेटवार्ता।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियामा आग्नो पार्टीको संगठन विस्तार र भ्रमणमा गर्न आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मलेसियास्थित नेपाली राजदूत डिल्लीराज पौडेल लगायतसँग भेटवार्ता गरेका छन् ।

भेटमा लामिछानेले राजदूत पौडेलसँग मलेसियामा नेपाली श्रमिकले भोग्दै आएका मुख्य मुख्य समस्या र दूताबासले दिने सेवा थप प्रभावकारी बनाउने लगायत विविध विषयमा बृहत छलफल गरेका हुन् ।

साथै उक्त छलफलमा रास्वपा सभापति रबि लामिछानेले प्रवासमा रहेका नेपालीहरुका लागि दूतावासले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भन्दै मलेसियामा रहेका सबै नेपालीको पीरमर्का र समस्यामा गम्भीर भएर समाधान गरिदिन राजदुत पौडेललाई अनुरोध गरेका छन ।

जवाफमा राजदूत पौडेलले “सीमित स्रोत-साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भए पनि समस्यामा परेको सबैलाई समान व्यवहार गर्ने गरिएको बताए।”
आम श्रमिकको समस्या लाई मध्यनजर गर्दै नेपाली राजदूतावास मलेसियाले हप्ताको एक एक दिन शुक्रबार फेसबुक लाईभ र’मोबाइल एम्बेसी’ अभियान सञ्चालन गर्दै आएको छ।

छलफलमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहित मलेसियामा रहेका आम श्रमिक, नेपाली ब्यावसायी, ब्यापारीहरुको पनि सहभागिता रहेको थियो। सभापति लामिछानेको नेतृत्वमा आएको भ्रमण टोली सोमबार बेलुकी नै स्वदेश फर्किसकेको छ।