थाइल्यान्ड := गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डको आयोजनामा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएनए थाइल्याण्डले राजधानी बैंकक स्थित राष्ट्रिय रक्तदान केन्द्रमा यहीँ डिसेम्वर ३ तारिख २०२३ का दिन बिहान ०९:०० बजे देखी साझ ०५:०० बजेसम्म सञ्चालन गरेको रक्तदान कार्यक्रममा स्थानीय संगै करिबकरिब १०० जना भन्दा बढी नेपाली रक्तदाताहरुको उल्लेखनीय सहभगिता रहेकाे थियाे , एनआरएन एनसिसि थाइल्यान्डको सचिव राजबहादुर साउँदले जानकारी दिए ।
रगत दान गर्ने रक्तदाता व्यक्तिहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै खाना, फलफुल सँगै शक्ति पैदा हुने किसिमको फलफुल जुसहरुको व्यवस्था समेत गरिएको थियो । उक्त कार्यक्रममा नेपाली राजदुतावास थाइल्याण्ड, नेपाल एयरलाइन्स थाइल्याण्ड, थाई नेपाली संघको सहभागिता सहाकार्यता रहेकाे थियाे ।




















