फेसबुकमा मायामा धोका पाएको स्टाट्स पोस्ट गर्दै मलेसियामा आत्महत्या गरे राजु डाङ्गीले।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको लागि आज भन्दा डेढबर्ष पहिले मलेसिया रोजगारीमा काम गर्न आएका एक नेपाली श्रमिकले आफ्नो घाँटीमा पासो लगाएर झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको छ ।

मलेसियाको पेरमाइह रिसोर्स सप्लायर कम्पनीसंग आवद्ध रहि वैधानिक हैसियतमा केलाङ् पुलाउ इँन्डाह स्टार क्रुइस् भन्ने ठाउँमा काम गर्दै आएका नेपाल ठेगाना सल्यान जिल्ला कपुरकोट गाउँपालिका वडा नम्बर ४ गारापानी डाङ्गीटोल निवासी राजु डाङ्गिले आईतवार साझ करिबकरिब ०५:०० देखि ०६:०० बजेको बिचमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको सोही कम्पनीमा काम गर्ने प्रत्यक्षदर्शी नेपाली कामदारले मलाया खबरलाई जानकारी दिए ।

आत्महत्या गर्नुभन्दा पहिले २१ बर्षिय लक्खा जवान युवा कामदार राजुले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत “२० बर्ष हुर्केको जन्म थलो मा मर्न मन थियोे , कर्म थलोमै मर्न बाध्य भय , आफू अब नबाँच्ने मर्छु।” भन्दै एउटा् स्टाटस पोस्ट गरेको देखिन्छ् ।
राजुले पोस्ट गरेको फेसबुक स्टाटस हेर्दा एक युवतीको प्रेममा परेको र ती युवतीले मायामा धोका दिएपछि पीडा सहन गर्न नसकेर आत्महत्या गर्न पुगेको बुझिन्छ । तर राजुले ती युवतीको नाम भने खुलाएको छैन ।

जानकारी अनुसार आईतवार एउटै रुममा राजुसंगै बस्ने सोही कम्पनीको अन्य २,३ जना कामदारहरु पनि विदामा बसेका थिए , अन्य कामदार साथीहरु विदाको सदुपयोग गर्न बाहिर घुमघाम गर्न गएको बेला राजुले आफू एक्लै भएको बेलामा आत्महत्या गरेको हुन सक्ने संगै बस्ने ती नेपाली कामदारले बताए ।

उनको साथीहरु घुमेर रुम आएर ढोका खोल्दा राजु झुन्डिएको अवस्थामा रहेको फ़ेला पारेको बताउँदै , स्थानीय नागरिकको सहयोगमा प्रहरीलाई फोन गरेपछि प्रहरी आएर शवलाई पोस्टमार्टम गर्नको लागि अस्पताल लगिएको बताए ।

मृतक राजु डाङ्गी

शवको पोस्टमार्टम भैईरहेको छ , पोस्टमार्टम सकिए पश्चात् आत्महत्या वा हत्या टुंगो लागिसके पछि नेपालमा मृतक राजुको घरपरिवार र म्यानपावर एजेन्ट अनि मलेसियास्थित नेपाली दूतावासको सहयोग, समन्वयमा राजुको मृत शव अन्तिम दाहसंस्कारको लागि नेपाल पठाइने राजु कार्यरत रोजगारदाता कम्पनीको मालिकले मलाया खबरसंगको फोन सम्पर्कमा बताए ।

advertise