[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सभापति एवंम् नेपाल सरकारको पुर्व गृहमन्त्री रवि लामिछाने मलेसिया भ्रमणमा आउने तय भएको छ ।
नेपाली ब्यवसायी नेत्र केसीको संयोजकत्वमा मलेसियामा गठित रास्वपाको तदर्थ समितिद्वारा आउँदो डिसेम्बर महिनाको ३ तारिख आईतवार आयोजना हुन लागेको अन्तरक्रिया,भेटघाट कार्यक्रममा सहभागी हुन र मलेसियामा पनि रास्वपाको प्रवास संगठन आधिकारिक रुपमा विस्तार गर्न तिनदिने मलेसियाब्यापी भ्रमणको लागि लामिछाने मलेसिया आउन लागेको कार्यक्रमका सह-संयोजक हेमराज सापकोटा ले मलाया खबरलाई जानकारी दिए ।
यहीँ मिति सन् २०२३ डिसेम्बर ३ तारिख आइतबारका दिन क्वालालम्पुरमा अवस्थित होटल ग्रेण्ड कन्टिनेन्टलमा अन्तरक्रिया कार्यक्रम हुने तय भएको र सो अन्तरक्रिया कार्यक्रममा मलेसियामा कार्यरत रहेर पनि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आस्थावान तदर्थ समितिका साथीहरु त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न मन भएका नेपालीहरु , मलेसियामा रहेर पत्रकारिता गर्दै आईरहेका नेपाली पत्रकारहरु पनि सहभागी हुन सकिने सापकोटाले बताए ।
कार्यक्रम सह-संयोजक सापकोटाका अनुसार डिसेम्बर ३ तारिखको आधिकारिक अन्तरक्रिया कार्यक्रम सकिए पश्चात् डिसेम्बर ४ तारिखको दिन मलेसियामा रहेका क्रियाशील नेपाली संघसंस्था र विभिन्न अन्य पार्टीका प्रतिनिधि , समाजसेवी , बुद्धिजीवीवर्ग , नेपाली ब्यापारी, ब्यावसायी , पत्रकारहरु संग भेटघाट गर्ने कार्यक्रम पनि तय गरिएको सापकोटाले बताए ।
मलेसियामा विभिन्न राज्यमा विभिन्न क्षेत्रमा कार्यरत रहेका नेपालीहरु जो राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आस्थावान छ्न , ति नेपालीहरुले कार्यक्रममा सहभागी हुन र थप जानकारीको लागि तल दिइएको विभिन्न नम्बरहरुमा सम्पर्क गर्न सकिने सापकोटाले बताए ।
क्वालालम्पुरको लागि सम्पर्क व्यक्तिहरु क्रमशः
मिलन शाही ठकुरी : ०११२७४७९४७९
पुर्ण लिम्बू : ०१८३५०७७३०
कुल बहादुर कोइराला : ०११२६६४६५०५
पदम राज लिम्बू : ०११६४६८८४९२
राज लामा : ०११२३८९६१३४
जोहोर बारुको लागि सम्पर्क व्यक्तिहरु :
तिलक चन्द : ०११४००८०६३१
कपिल बोहरा : ०१४६१३७५२४
मलक्काको लागि सम्पर्क व्यक्ति :
उमेश कुमार महतो : ०११३६१७९२६
पेनाङको लागि सम्पर्क व्यक्तिहरु : शिव खड्का : ०११३५३१००२३ , नेत्र प्रातप सेन : ०११६४५५९४१७ ,
इपो पेराकको लागि सम्पर्क व्यक्ति :
खगेन्द्र थापा : ०१३६६२८३०२
केलाङ र पोर्ट्केलाङको लागि सम्पर्क व्यक्ति :
उमेश प्रसाईं : ०१६३१७०६७१ , बाबुराम अर्याल : ०१३७९०५८९४



















