[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा मानसिक संतुलन गुमाएर घर फर्किन नपाएका दुईजना नेपाली कामदारलाई मलेसिया क्वालालम्पुरस्थित नेपाली राजदूतावासको सहयोग समन्वयमा स्वदेश फर्काइएको छ ।
आज भन्दा दुई महिना पहिले विभिन्न छुट्टाछुट्टै मितिमा रोजगारीको अवधी सकिएर स्वदेश फर्किन लागेका बाडाहारा २ सप्तरी निवासी श्रवन कुमार खाङ् र रुपन्देही निवासी नरसिंह यादव स्वदेश फर्किनलाई मलेसियास्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नासाथ अच्चानक मानसिक संतुलन गुमाउन पुगेका थिए ।

मानसिक संतुलन गुमाएपछि विमानस्थल अध्यागमनले स्वदेश फर्किन नदिएपछि विमानस्थल परिसरमै अलपत्र परेका ति खाङ् र यादवलाई अन्य नेपालीको सहयोगमा उद्दार गरि स्वदेश फर्काईदिनुहुन भन्दै सहयोग याचना गर्दै दूतावासको शरणमा पुर्याएका थिए ।
दूतावासमा आईसके पश्चात् ति दुईजना कामदारलाई मलेसियामा रहेको मानसिक संतुलन उपचार सुधार केन्द्रमा राखेर करिब १ महिनाबढि उपचार गराए पश्चात् हिजो मिति सन् २०२३ नोभेम्बर २४ तारिख शुक्रवार साझ १७:३५ बजे भएको हिमालय एयरलाइन्समार्फत स्वदेश फर्काइएको दूतावासका जनसम्पर्क अधिकृत जयप्रकाश गिरिले बताए ।

स्वदेश फर्किनलाई आवश्यक पर्ने सम्पुर्ण कानुनी कागजात , हवाई टिकट उपलब्ध लगायतको काम दूतावासकै समन्वयमा कम्पनी र उनीहरुको परिवारसंग सहकार्य गरि पुनः तयार पारेर सकुशल स्वदेश फर्काइएको हो ।
नेपाली दूतावासले प्रायः दिनहुँजसो यहाँ विभिन्न समस्यामा परेर दूतावासमा सहयोग याचना गर्दै आउने सयौं नेपाली कामदार हरुलाई सहयोग , समन्वय गर्दै आएका छ्न ।




















