मलेसियाको जोहोरमा घाँटीमा पासो लगाएको अवस्थामा एक नेपाली कामदारको मृत शव फेला।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= मलेसियामा नेपाली कामदार बस्ने एक होस्टेलको रुममा घाँटीमा पासो लगाएको अवस्थामा एक नेपाली कामदारको मृत शव फेला परेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा बिगत डेढ बर्षदेखि जोहोर राज्यको पेकेनासमा अवस्थित सेन्कु प्रोडक्सन एसडिएन बिएचडी (Senku Production Engineering Sdn. Bhd.) कम्पनीमा वैधानिक हैसियतमै काम गर्दै आएका भेरि नगरपालिका जाजरकोट १२ निवासी लोक बहादुर रावतले आफ्नो घाँटीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।

सोही कम्पनीमा कार्यरत एक नेपाली कामदारले बताए अनुसार , “बिहिवार राती हामी रुममा बस्ने सबैजना खाना खाएर सुतिसकेका थियौं , सबै सुतेको मौकामा लोक बहादुर आफू सुत्ने खाँटमा पासो बाधेर झुन्डिएर आत्महत्या गरेको अवस्थामा हामी सबैले फेला पारेको ती कामदारले बताए ।”

जानकारी अनुसार अविवाहित एक्लै छोरा रहेको लोक बहादुरको घरमा आमाबुबा र दुई बहिनी मात्रै छ्न । तर फोटोमा झट्ट हेर्दा मृतक लोक बहादुरको आँधी शरीर भुइँमा बसेको देख्न सकिन्छ्। तसर्थ हत्या हो या आत्महत्या अहिलेनै छुट्याउन नसकिने अवस्था रहेको छ। हाल स्थानीय प्रहरीको सहयोगमा मृतक लोक बहादुर रावतको शव पोस्टमार्टम गर्नको लागि पोन्टियान हस्पिटलमा लगिएको छ ।

advertise