१६ बर्ष देखि मलेसियामा रहेका मेचिनगर १० काँकडभिट्टा का गोपाल घिमिरे बिगत ६ बर्ष एता परिवार सङ सम्पर्कविहिन थिए ।
आफ्नो छोरा मलेसियामा बेखवर भएको भन्दै खोजि तथा उद्वार गरिदिन नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकस शर्मा लाई परिवारले अनुरोध गरेका थिए ।
महामन्त्री शर्माले जनसम्पर्क समिती मलेसियालाई बेपत्ता भएका घिमिरेको बारे जानकारी गराएपछि जनसम्पर्क समिती मलेसियाले खोजि गरि परिवारको सम्पर्कमा ल्याएका थिए।
आर्थिक आयाअस्था कमजोर भएका उनलाई स्वदेश फर्काउन केही रकम महामन्त्री शर्मा र बाकी पुरै रमकम नेपाली काङ्ग्रेस जनसम्पर्क समितीका सभापती चोलाकान्त पंगेनीले ब्यक्तिगत रूपमा सहयोग गरि उन्लाइ भोलि बिहान (मङ्सिर ८ गते) हिमालयन एयर बाट स्वदेश फर्काउने तयारी रहेको सभापती पंगेनीले जानकारी दिनुभयो।
सहयोग तथा उद्वार पाई स्वदेश फर्कन लागेका घिमिरे बिबाहित हुन केही समय अगाडि श्रीमतीको निधन भएको थियो उनको घरमा १ छोरा र आमा रहेका छ्न ।




















