डिशहोम मेगा स्टार ग्राहकको छनौट हुने, पुरस्कार १० लाख रुपैयाँ।

काठमाडाैं:= डिशहोमको ‘हरेक हप्ता सुपरस्टार, सिजनकै मेगा स्टार’ योजनाअन्तर्गत आगामी हप्ता मेगास्टार घोषणा हुँदैछ। आगामी ११ मंसिरमा लक्की ‘ड्र मार्फत’ डिशहोम मेगा स्टारको छनौट हुनेछ। गत असोज १ देखि मंसिर ११ गते मध्याह्न १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु उक्त योजनामा सहभागी हुन सक्नेछन्।

यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनी नगद १० लाख, मिडियामा फेमश र सेलिब्रेटी झैं जीवनशैलीको अनुभव गर्ने मौका पाउने डिशहोमले जनाएको छ। यसअघि हरेक हप्ता सुपरस्टार योजना अन्तर्गत एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकको घोषणा गरिसकिएको छ। यो योजनाको अन्तिममा मेगास्टार बन्नेले १० लाख रुपैपाँ पाउनेछ।

मंसिर ११ गतेसम्म डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरी योजनामा सहभागी हुन मिशहोमले भनेको छ। डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे गरिने बताइएको छ।