एजेन्सी := विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली पर्नुभएको छ । बीबीसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सार्वजनिक गरेको सूचीमा रुक्साना कपाली पनि पर्नुभएको हो ।
प्रत्येक वर्ष विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको बीबीसीले यस वर्षको सूचीमा कपालीको नाम पनि समावेश गरेको हो ।रुक्साना कपालीले फरक लैंगिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आउनु भएको छ ।
हेर्नुहोस यस् लिङ्कमा क्लिक गरेर समाचार : बीबीसी १०० विमिन २०२३ः यो वर्षको सूचीमा को को छन् ?




















