[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया काम गर्न आएका काभ्रे तेमाल गाउँपालिका ८, का नेपाली श्रमिक छोईकु तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग मलेसियाको अगुवाईमा उद्दार गरेर स्वदेश फर्काएका छन् ।
स्वास्थ्य अवस्था खराब रहेका तामाङ नेपाल फर्किन आवश्यक पर्ने सम्पुर्ण कानुनी , कागजी प्रक्रिया पूरा गरिसकेपश्चात् यहीँ मिति सन् २०२३ नोभेम्बर २० तारिख सोमबार बिहान ०३:४५ बजे हिमालयन एयरलाइन्सको क्वालालम्पुर – काठमाडौं हवाई उडानमार्फत स्वदेश फर्काइएको हो ।
तामाङ केहि बर्ष पहिले एक म्यानुफ्याक्चरिङ कम्पनीमा मलेसिया काम गर्न आएको भए ता पनि केही समय पश्चात् आफ्नो रोजगारदाता कम्पनीमा कुनै पनि जानकारी नगराई कम्पनी छोडेर भागेर अवैधानिक रुपमा मलेसियाको सुवाङ्गजायामा काम गर्दै आएका थिए ।
अवैधानिक रहेका तामाङ अचनाक एकदिन बिरामी भए पछि कम्पनीले उपचार गर्न आनाकानी गरेपछि उनले सामाजिक संजाल फेसबुकमा आफु बिरामी भएको र सहयोगको खाँचो रहेको जनाउँदै उद्दार गरि नेपाल फर्काउन सार्वजनिक अपिल गरेका थिए ।
उनले गरेको अपिल पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास विभाग मलेसियाका उपसभापति समाजसेवी मिलन शाही ठाकुरी सोही ठाउँमा पुगेर केही आर्थिक सहयोग गरेको केही समय पश्चात तामाङ् रोडमा बेवारिसे भएको अवस्थामा ठकुरिले भेटे पछि मलेसियाको कोत्रया ल्याएर नेपाली राजदुतावास लगेर उनलाई नेपाल फर्कन लाग्ने डकुमेन्ट सबै बनाएर र नेपाली राजदुतावासको पत्र अनुसार गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले स्थापना गरेको सेल्टर हावसमा ल्यार राखिएको थियो ।

तामाङ स्वदेश फर्किनलाई आवश्यक पर्ने ट्राभल डकुमेन्ट नेपाली दूतावासले बनाईदिएर सहयोग गरेका हुन । साथै मलेसियामा अवैधानिक बसे बापत अध्यागमन बिभागमा लाग्ने जरिवाना रकमको लागि एनआरएनए आईसिसि सदस्य एवम् रास्वपा मलेसियाका संयोजक , ब्यावसायी नेत्र केसीले आरएम ३३०० रिङ्गेट , उप-संयोजक मिलन शाही ठकुरीले आरएम १५०० रिंगेट , ब्यावसायी पासाङ लामा तामाङले आरएम १००० रिंगेट आर्थिक रकम सहयोग गरेका हुन ।
त्यस्तै तामाङ स्वदेश फर्किन चाहिने हवाई टिकट रास्वपा मलेसियाका कोषाध्यक्ष उमेश प्रसाईले किनिदिएर सहयोग गरेका हुन । तामाङलाई स्वदेश फर्काउन सहयोग गर्नुहुने सबै सहयोगीहरुलाई अगुवा ठकुरीले धन्यवाद ज्ञापन गर्नु भएकोछ ।
