जोहोर (मलेसिया):= मलेसियामा शुभ दिपावलीको विदाको अवसरमा दुई दिनसम्म आयोजित प्रथम जोहोर कप खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
सम्पन्न फुटबल प्रतियोगिताको फाइनल खेलमा हिमालयन फुटबल क्लब (HIMALAYAN FC) ले पेनाङ्ग फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधी जितेको छ । हिमालयनको जितमा सन्देश मगर र अभिषेक लिम्बुले गोल गरेका थिए ।

विजेता बनेको हिमालयनले उपाधिसहित नगद आरएम २० हजार मलेसियन रिंगेट सहित ट्रफी , मेडल लगायत पुरस्कार हात पार्यो भने उप-विजेता पेनाङ्गले १० हजार रिंगेटसहित ट्रफी, मेडल हात पारे । साथै उक्त प्रतियोगीतामा विजेता हिमालयन क्लबका अजित चौधरी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।

हिमालयन फुटबल क्लब मलेसियामा सरकारमार्फत दर्ता प्राप्त गरि नेपालीद्वारा संचालित एकमात्रै नेपाली फुटबल क्लब हुन । हिमालयन फुटबल क्लबले अहिलेसम्म कैयौं प्रतियोगीता जितिसकेको छ , भने हरेक बर्ष यस् क्लबले हिमालयन गोल्डकप फुटबल प्रतियोगिता समेत आयोजना गर्दै आएका छ्न ।

मलेसियामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित जोहोर नेप्लिज फुटबल कम्युनिटी एफसीको आयोजनामा भएको दुई दिने फुटबल प्रतियोगितामा कुल २० टोलीहरुले सहभागिता जनाएका थिए ।




















