गाजामा मानवीय संकट, बासिन्दाहरू पानीको अभावमा समुन्द्रको सहारा लिँदै पिउँदै।

एजेन्सी:= प्यालेस्टाइन-इजरायली द्वन्द्व चर्किंदै गएपछि गाजामा मानवीय संकट झनै विकराल बनेको छ । स्वच्छ खानेपानीको अभाव हुँदा तटीय क्षेत्रका बासिन्दाले दैनिक उपभोगका लागि समुद्री पानीको सहारा लिएका छन् । गाजा निवासी ओम ओसामाले बिजुली, ग्यास, खानेकुरा र पिउने पानीसमेत नभएको बताउनुभयो ।

गाजामा केही नभएको र गाजा अहिले घेराबन्दी र घातक युद्धबाट पीडित रहेको गाजा बिस्थापित व्यक्ति सइद महमुदले बताउनुभयो । घेराबन्दी र युद्धले युवा र बालबालिकाको भविष्यलाई मारिरहेको छ ।

त्यस्तै, अर्का एक विस्थापितले पानी पिउनसमेत नपाउनुले कहिले मर्नुपर्ने भन्ने यकिन नरहेको बताए । उनले खानेकुरा नपाउने ठूलो कुरा नभएको भन्दै उनले पानीसमेत पिउन नपाएको दुखेसो गरे । उनले पानीको लागि समुद्र एकमात्र विकल्प भएको बताए ।