काठमाडौं := नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने नेपाली राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । आज बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
बैठकले एसिसी यू–१९ प्रिमियर कप जितेर एसिसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई जनहीँ ५० हजार रुपैयाँ दिने पनि निर्णय गरेको छ ।





















