भूकम्पले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि RC भट्टराईले एक लाख रुपैया सहयोग गर्ने ।

गैरआवासीय नेपाली संघले भूकम्पले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र १ करोडको राहतका सामाग्री लिएर प्रभावित स्थानमा जाने निर्णय गरेको छ ।

राहत वितरण समितिमा अध्यक्ष डा. केसीसहित महिला उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज कुमार श्रेष्ठ (गोर्खाली), सहकोषाध्यक्ष अभिमन्यु बस्नेत र कृष्ण प्रसाद तिमल्सिना, एनसीसी बेल्जियमकी महासचिव रुबिना शर्मा, पूर्व आइसीसी सदस्य धर्मराज गिरि, लोकराज शर्मा (डेनमार्क) विक्रम केसी(रसिया, सीता खतिवडा लगायत रहेका छन् । यस्तै, कोषध्यक्ष सुदन थापाको संयोजकत्वमा सह कोषाध्यक्षहरु कृष्ण प्रसाद तिमल्सिना, अभिमन्यू बस्नेत, तिलक प्रसाद गैरे र अमृता थापा (कञ्चन) रहने गरि राहत कोष संकलन समिति गठन गरिएको छ ।

संघले राष्ट्रिय समन्वय परिषद्लाई समेत राहत कार्यमा परिचालन गर्न उपाध्यक्ष र क्षेत्रीय संयोजकहरुलाई जिम्मेवारी तोकिएको छ जसमा एसिया क्षेत्रको संयोजनको लागि रोबिन शेरचन र हरि भट्टराई,अमेरिका क्षेत्रमा महासचिव गौरीराज जोशी, डा केशव पौडेल र वेदराज बस्नेत, अफ्रिका क्षेत्रमा रामशरण सिंखडा र पुष्पराज भट्टराई, यूरोप क्षेत्रमा डा हेमराज शर्मा र डा चिरञ्जीवी खड्का, ओसियाना क्षेत्रमा डा विनोद श्रेष्ठ र दिनेश पोखरेल, मध्यपूर्व क्षेत्रमा राज रेग्मी र राजेन्द्रकुमार अर्याल, युवा तथा महिला परिचालनका लागि रोशन थापा, सुपेन्द्र घिसिङ, रोजिना प्रधान राई, टिका गुरुङ र अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको नव निर्बाचित एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराईले जानकारी दिनुभयो ।

संघ मार्फत सहयोग सङ्कलन गर्ने सस्था र ब्यक्ती लाई कदर पत्र दिइने र सस्थाको अभिलेखमा राखिने गरि पारदर्शी तरिकाले सहयोग सङ्कलन गर्न लागिएको बताउदै आजै एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराईको संयोजकत्वमा बसेको एसिया प्यासिफिकको आकास्मिक पहिलो बैठक बाट एसियाली देशमा रहेका NCC लाई सहयोग गर्न अपील गर्दै देश दुख्दा मलम पट्टी गर्ने दायित्व गैर आवासिय नेपालिको रहेको बताउदै संघको नाम र लोगो प्रयोग गरी विभिन्न व्यक्तिको नामबाट अनधिकृत रुपमा आउने सूचना तथा राहत संकलनको अपिलप्रति सचेत रहन सबैमा अनुरोध गर्नुभएको छ ।

सहगोग पठाउने बैक खाता न
Name: NRNA Emergency Fund
A/C No: 024010010000633
Bank: Sanima Bank Limited
Branch: Naxal, Kathmandu
Swift: SNMANPKA