जाजरकोट := गएरातिको भूकम्पले जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ। भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।
‘घाइते भएकी सिंहलाई उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ सुनारले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन्। उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।




















