विदेशमा सबै भन्दा धेरै नेपाली श्रमिक पठाउने म्यानपावरमा “द रिभर ओभरसिज प्रालि” पहिलो।

काठमाडौं := नेपालबाट सबैभन्दा धेरै कामदार विदेश पठाउने वैदेशिक रोजगार कम्पनीमा द रिभर ओभरसिज पहिलो बनेको छ । पछिल्लो एक वर्षमा बत्तिसपुतली स्थित द रिभर ओभरसिजले सबैभन्दा बढी ५ हजार ६४६ कामदारलाई श्रम स्वीकृतिबाट विदेश पठाएको छ ।

यसका सञ्चालक रघु पुरी हुन् । यसअघि पनि रिभरले नै नेपालबाट विभिन्न देशमा सबैभन्दा धेरै मेनपावर विदेश पठाएको थियो । वैदेशिक रोजगार क्षेत्रमा विगत एक दशकदेखि सबैभन्दा धेरै कामदारलाई तालिम दिएर पठाइरहेका पुरीको कम्पनीले ५ वर्षदेखि लगातार पहिलो रेकर्ड बनाएको छ ।

उनले मध्यपूर्व र मलेसियालगायतका देशमा कामदार पठाउँछन् । यो सूचीमा इन्टरनेशनल मेनपावर दोस्रोमा रहेको छ । वाइबी राईको इन्टरनेसनल म्यानपावर रिक्रुमेन्ट प्रा.लि ले ५हजार ३ सय ३५ जनाको संस्थागत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि पठाएको छ ।

तेस्रो नम्बरमा रहेको नलिकमल ह्युमन रिसोर्स प्रालिले ४ हजार २३७ जना कामदार पठाएको छ भने चौथोमा मोन्टाज र पाँचौंमा एक्सेस पार्टर्नर्स रहेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार १४ सय ७३ देखि ५५ सयसम्मको संख्या पठाउने मेनपावर ५० वटा छन् ।

त्यस्तै, एसओएस म्यानपावर सर्भिस प्रा.लि.ले ३ हजार ४ सय ५७, मोन्टाज ओभरसिज प्रा.लिले ३ हजार ६ सय ४९, मेरिडियन ओभरसिज प्रा.लि.ले ३ हजार ३ सय ७८, मास ह्युमन रिसोर्स प्रा.लि.ले ३ हजार १ सय ७९ जना वैदेशिक रोजगारीमा पठाएका छन् ।