सुनको मुल्य प्रतितोला रु.१ लाख १७ हजार रुपैयाँ।

काठमाडौं:= पछिल्लो समय लगातार सुनको मूल्य बढ्दोक्रममा रहेको छ । आइतबार सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा शनिबार सुनको मूल्य बढेसँगै नेपाली बजारमा सुनको मूल्य आकाशिएको हो ।

स्थिर रहेको चाँदी प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको छ । त्यसो त विगत केही सातादेखि नै सुनको मूल्य बढ्दोक्रममा रहेको हो ।इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमयदर थप मजबुत भएका कारण सुनको मूल्य बढ्न गएको महासंघले जनाएको छ ।

इजरायल-प्यालेस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमयदरमा भएको वृद्धिका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएकाले सुनको मूल्यमा चाप परेको बताइएको छ ।

द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा समेत उतारचढाव आई त्यसको प्रभाव सुनको मूल्यमा समेत पर्न सक्ने विश्लेषकहरूको अनुमान रहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभएको छ ।