एजेन्सी := यौन सम्पर्कबाट सर्ने रोगलाई यौनसम्बन्धी रोग भनिन्छ। यौन रोगसम्बन्धी शिक्षाको अभावले गर्दा हाम्रो देशमा धेरै मानिस यस रोगबाट प्रभावित भएको पाइन्छ।
यौन सम्बन्धी जानकारी लिन लाज मान्ने कारणले पनि यसबारे पर्याप्त ज्ञानको अभाव भएको हो। खासगरी असुरक्षित यौन सम्पर्कका कारण यौन रोग सर्ने गर्दछ। यौन रोग लागेको मानिसले स्वस्थ मानिससँग यौन सम्पर्क भएमा पनि यो रोग सर्दछ।
यस्तै महिला या पुरुष एक जनालाई यो रोग लागेमा दुबैमा सर्ने हुन्छ। यो रोगको सुरुमै जचाएर पहिचान गरी दुबै दम्पतीले समयमा उपचार गरे यो रोग निको हुन्छ। गर्भवती अवस्थामा गर्भमा रहेको बच्चालाई पनि यौन रोगले असर पार्ने हुनसक्छ।
महिलामा हुने यौन रोगका लक्षणहरु
योनी चिलाउने
राना विविरा देखिने
पानीका फोकाजस्ता दागहरु हुने
सम्भोग गर्दा दुख्ने
योनीस्राव हुने
ज्वरो आउने
तल्लो पेट दुख्ने
पुरुषमा देखिने यौन रोगका लक्षण
लिङ्गबाट पीप आउने
पिसाव फेर्दा पोल्ने,दुख्ने, टट्टाउने
यौनाङ्गमा साना साना विविरा या खटिरा आउने, फोकाहरु देखिने, चिलाउने, साना घाउ हुने आदि।
रोगको रोकथाम
यौनसम्पर्क गर्दा कण्डमको सही तरिकाले प्रयोग गर्ने
यौन रोगको शंका लागेमा स्वास्थ्य संस्थामा गई जचाउने, जचाउन जाँदा श्रीमान श्रीमती एक साथ जाने
राम्ररी उपचार गरे यो रोग निको हुन्छ।