NRNA को ११औं महाधिवेशन बाट २३-२५ को कार्यकालको लागि RC मा हरि भट्टराई निर्बाचित।

एसिया प्यासिफिक क्षत्रीय संयोजक RC मा मलेसिया बाट उम्मेद्बारी दिएका व्यावसायि हरिप्रसाद भट्टराई
आसन्न एहि १७ अक्टोबर देखि २० अक्टोबर सम्म काठमाडौ स्थिति सोल्टी होटल मा सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मन्वय परिषदको निर्बाचनमा एसिया प्यासिफिक क्षत्रीय संयोजक (RC) मा भारी मतका साथ निर्बाचित हुनुभएको छ ।

भट्टराई ०१९/२१ मा रास्ट्रीय संमन्वय परिषद मलेसियाको अध्यक्षको हुदै ०२१/०२३ मा एसिया प्यासिफिक क्षत्रीय उप-संयोजक (DRC) रहेर काम गरिसकेका भट्टराईले ०२३/०२५ कार्यकालक लागि एसिया प्यासिफिक क्षत्रीय संयोजक (RC) पदमा पर्तिस्पर्धीहरुलाइ पछि पार्दै भारी मतका साथ निर्बाचित हुनुभएको हो।

संघभित्र उहाका प्रतिद्वन्दी डण्डपानी कडेल जापान बाट , प्रदीप न्यौपाने चीन बाट र सिब प्रसाद पौडेल जापान बाट एसिया प्यासिफिक क्षत्रीय संयोजकको ०२३/०२५ कार्यकालक लागि उम्मेद्बार दिएका थिए । ३ जना उम्मेद्बार लाई फराकिलो मतान्तर ले हराउदै भट्टराई RC मा निर्बाचित भएका हुन ।

अस्ट्रेलियन भेरो नामक भोटिङ कम्पनीले संघको चुनाव गराने जिम्मा पाएको थियोे अहिले उपाध्यक्षका उम्मेदवार डाक्टर केसव पौडेलको भोट शुन्य देखिएपछि र हार बेहोरेका उम्मेद्बार हरुले जित हासिल गरेका उम्मेद्बार हरुलाइ भोटिङ कम्पनीसङको मिलेमतो रहेको दावी गर्दै निर्बाचनमा धादली भएको आरोप लगाउदै बिरोध जनाइरहेका छ्न ।