करण जोहरले अबसर दिएका बलिउडका स्टारकिड्स अभिनेता,अभिनेत्री।

काठमाडौं:= आलिया भट्टलाई बलिउडमा करण जोहरले ब्रेक दिएका हुन् । अभिनेत्री भट्टको पहिलो फिल्म स्टुडेन्ट अफ द इयर थियो ।

सिद्धार्थ मल्होत्राले करण जोहरको स्टुडेन्ट अफ द इयरबाट बलिउडमा डेब्यू गरेका थिए । करण जोहरको स्टुडेन्ट अफ द इयरबाटै वरुण धवन पनि बलिउड उद्योगको हिस्सा बनेका थिए ।

इशान खट्टरलाई पनि करण जोहरले फिल्म ‘धडक’ मार्फत बलिउडमा ब्रेक दिएका थिए । करण जोहरले जान्हवी कपूरलाई धडकबाटै इन्डस्ट्रीमा ल्याएका थिए ।

तारा सुतारियालाई पनि करण जोहरले बलिउडको बाटो देखाएका थिए । अनन्या पाण्डेले करण जोहरको स्टुडेन्ट अफ द इयर – २ बाट बलिउडमा डेब्यु गरेकी हुन् ।