काठमाडौं := गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसिसिको आगामी २०२३-२०२५ कार्यकालको लागि एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदमा हरिप्रसाद भट्टराईले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
एनआरएनए अभियानमा महत्त्वपूर्ण भुमिका खेल्दै आएका अहिलेका एसिया प्यासिफिक क्षेत्रीय उप-संयोजक (डिआरसी) रहेका भट्टराईले एनआरएनए आईसिसिको ११महाधिवेशनमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदका लागि उम्मेदवारी दर्ता गराएका हुन ।
विगत कैयौं बर्ष पहिले बिद्यार्थी भिषामा मलेसिया आएर पछिल्लो समय मलेसियालाई कर्मथलो बनाई आफ्नो व्यापार व्यावसाय गर्दै सामाजिक कार्यक्रममा क्रियाशिल रहदै आएका छ्न । भट्टराई एनआरएनए एनसिसि मलेसियाको २०१९-२०२१ कार्यकालमा अध्यक्ष पद सम्हालेर सफलता पुर्वक आफ्नो कार्यकल सफल बनाएका थिए ।
एनआरएनए एनसीसी मलेसियाका कार्यसमितिलेनै निर्णय र छनौट गरेर एनआरएनएको ११औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलनकामा आरसी पदका लागि एक मात्र उम्मेदवार भट्टराईलाई सर्वसम्मत एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजकका लागि पठाएको हो ।
उनले एनआरएन मलेसियाको २०१९-२०२१ को आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गरेको र २०२१-२०२३ कार्यसमिति सर्वसम्मत नेतृत्व चयन गरेर नेतृत्व हस्तान्तरण गरेको र आफु नेतृत्वमा हुँदा एनआरएनको केन्द्रिय कार्यालय स्थापनामा आर्थिक सहयोगदेखि भूकम्पपीडित, बाढिपीडित हुँदै कोभिड पीडितसम्म आइपुग्दा आर्थिक, नैतिक भौतिक सहयोग गरेका थिए ।
त्यस्तै एनआरएनए मलेसियाको पिजे भन्ने ठाउँमा आफ्नै कार्यालय स्थापना गर्नेदेखि भट्टराई आफैंले नेपाली रु.१४ लाख रुपैयाँ जम्मा गरेर स्थापना गरेको कल्याणकारी कोषबाट मलेसियामा पीडित दुखित हजारौ नेपालीलाई सहयोग गर्दै आईरहेको छ । कोभिडको महामारीमा आफुले नेतृत्व गरेको संघले ६ हजार ३ सय भन्दा बढी नेपालीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेको उहाँ ले बताए ।

त्यस्तै एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक (RC) आफु निर्वाचित भएमा एसिया मुलकमा रहेको नेपाली मुलका नागरिक हरुलाई विशेषगरी मलेसियामा रहेको नेपाली मलेसियान नागरिकहरुलाई नेपाली भााषा संस्कार संस्कृति परम्परा नभुलुन भन्ने हेतुले नेपालबाट नेपाली शिक्षक लिएर नेपाली भाषा पढाने व्यवस्था गर्ने र एसिया मुलुक हुदि स्थापना हुन नसकेको एनआरएनए संगठन स्थापना गर्ने जस्तै भियतनाम, इन्डोनोसिया, फिलिपिन्समा एनआरएनए एनसीसी गठन गरिने बताएका छन् ।
त्यसैगरी एनआरएनए एसिया प्यासिफिकका हरेक गतिविधीहरुलाई श्रमिकमैत्री बनाउन पहल गर्ने। नेपाल र एसिया प्यासिफिकको सम्बन्ध श्रममैत्री मात्र नभएर व्यापारिक, पर्यटन तथा आर्थिक सम्बन्ध विस्तार गर्ने। नेपालका लागि प्रमुख श्रम गन्तव्य एसिया प्यासिफिक मुलुक मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुई देशबीचको सम्बन्ध स्थापित गराइ रोजगारी सहज बनाउन पहल गर्ने लगायतको उनले प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै विदेशमा रहेका नेपाली नियोगसँग एनआरएनको सहकार्यलाई थप बलियो बनाउने। नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई एसिया प्यासिफिक तथा विश्व सामु चिनाउन गैरआवसिय नेपाली संघको विश्व सञ्जालमार्फत आवश्यक पहल गर्ने। श्रमिक गन्तब्य देशमा जाने तथा आउने हवाई टिकट सस्तो र सुलव बनाउन पहल गर्ने। एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने कार्यक्रम गर्नुका साथै विदेशमा नेपाली भाषा, कला-संस्कृति जगेर्नाका लागि अभियान चलाउने पनि उनले घोषणा गरेका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) ११ औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन मंगलबारबाट काठमाडौंको सोल्टी होटलमा सुरु हुँदैछ। उक्त सम्मेलनमा विश्वभरका ४२ सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रुपमा मतदान गरि एनआरएनए आईसिसिको आगामी २०२३-२०२५ कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।




















