फरवार्ड किलियान एम्बाप्पेले दुई गोल गर्दा फ्रान्स युरोपियन च्याम्पियनसिपमा छनौट।

France's Kylian Mbappe, right, scores his side's opening goal during the Euro 2024 group B qualifying soccer match between The Netherlands and France at the Johan Cruyff ArenA stadium in Amsterdam, Netherlands, Friday, Oct. 13, 2023. (AP Photo/Peter Dejong)

एजेन्सी (आम्सटरड्याम):=  फरवार्ड किलियान एम्बाप्पेले दुई गोल गर्दा फ्रान्सले नेदरल्याण्ड्सलाई २–१ गोलले पराजित गरेको छ । योसँगै फ्रान्स दुई खेल अगावै आगामी वर्ष हुने युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ ।

खेलको सातौँ मिनेटमा नै गोल गर्दै एम्बाप्पेले फ्रान्सलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५३ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । खेल सकिन सात मिनेट बाँकी छँदा क्वीलिनडिस्की हार्टम्यानले नेदरल्याण्ड्सका लागि एक गोल फर्काए पनि फ्रान्सले त्यसपछि कुनै गोल हुन दिएन ।

फ्रान्स समूह बीमा आफ्नो शतप्रतिशत नतिजा कायम राख्दै प्रतियोगितामा छनोट भएको छ । डिडिएर डेस्च्याम्प्सको टोलीले छनोट खेलका ६ मध्ये ६ वटै खेलमा जित हासिल गरेको छ ।

पराजयसँगै नेदरल्याण्ड्स समूह बीको तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको ग्रिसभन्दा टोली ३ अङ्कले पछि रहेको छ ।