यू-१९ प्रिमियर कप क्रिकेट खेल खेल्न नेपाली युवा टोली मलेसियामा।

काठमाडौं:= मलेसियामा आयोजना हुने यू-१९ प्रिमियर कप खेल्न नेपाली युवा टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । बिहीबार सुरु हुने प्रिमियर कप कात्तिक ७ मा सकिनेछ । जगत् टमाटाको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीले बिहीबार इरानसँग प्रतिस्पर्धा गर्दै प्रिमियर कपको यात्रा सुरु गर्नेछ ।

नेपाल समूह ‘ए’ मा बहराइन, साउदी अरेबिया र इरानसँग छन् । समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन् । समूह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्याण्ड र माल्दिभ्स छन् ।

समूह ‘डी’ मा हङकङ, मलेसिया, इण्डोनेसिया र जापान छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा हुने यू-१९ एसिया कप खेल्न पाउनेछन् । गत मार्चमा नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र उपाधि जित्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा स्थान बनाएको थियो ।

विश्वकपमा नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्याण्ड एकै समूहमा छन् । विश्वकप छनोटपछि यू-१९ टोलीले पहिलो प्रतियोगिता खेल्दैछ ।