सरकारले आज आइतबारदेखि चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालनमा ल्यायो।

काठमाडौं := सरकारले आइतबारदेखि चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ । यसका लागि काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसल सहित ३५ स्थानमा बिक्रीस्थल तोकिएको छ ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख बजेट छुट्याएको छ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले १ करोड रुपैयाँ छुट्याएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गर्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिरमा प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।

काठमाडौं, ललितपुर, भक्तपुर र बाहिरी जिल्लाहरुमा पनि आइतबारबाट सुपथ मूल्य पसल सञ्चालनमा आउने छ ।