नेपाली श्रमिकलाई भरपुर सहयोग गर्छौ: आईसिसि उपाध्यक्ष प्रत्याशी न्यौपाने र आरसी प्रत्याशी भट्टराई।

क्वालालम्पुर:= गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) आईसिसिको सचिव एवम् आउदो ११औं महाधिवेशनमा एनआरएनए उपाध्यक्ष पदका प्रत्याशी उम्मेदवार खगेन्द्र न्यौपाने, र एसिया प्यासिफिक क्षेत्रका उपसंयोजक एवम् एनआरएनए एसिया प्यासिफिक क्षेत्रका संयोजक पदका प्रत्याशी उम्मेदवार हरिप्रसाद भट्टराईबिच एनआरएन एनसीसी मलेसिया संग र सञ्चारकर्मीसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व गैर आवासीय सम्मेल नजिकिए संगै आज गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद (एनआरएनए) मलेसिया र मलेसियामा रहेका विभिन्न संघसंस्था राजनीतिक संगठन दलका प्रतिनिधि व्यापार व्यावसायि र महाधिवेशन प्रतिनिधि डेलिगेट्स वनलाई पत्रकार संग एनआरएनए मलेसियाको आफ्नेै कार्यलयमा यहीँ अक्टोबर ७ तारिख शनिबारको दिन भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एनआरएनए उपाध्यक्ष पदका प्रत्याशी उम्मेदवार खग्रेन्द्र न्यौपाने र एसिया प्यासिफिक क्षेत्रका संयोजक पदकाका उम्मेदवारी हरिप्रसाद भट्टराईले आफ्नो उम्मेदवारिको मुख्य एजेन्डा सहित कार्यक्रममा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एनआरएनए उपाध्यक्ष पदका प्रत्याशी उम्मेदवार खगेन्द्र न्यौपानेले आफु एनआरएनए उपाध्यक्षमा निर्वाचित भएमा एनआरएनए एनसीसी मलेसियाले स्थापना गरेको सेल्टर हाउसलाई वैधानिकता बनाउन नेपाली राजदूतावास संग समन्वय गरेर पहल गर्ने र मलेसियामा रहेको श्रमिक हरुको समस्याको लागि आफुले सक्ने सहयोग गर्ने वैदेशिक रोजगार देखि फर्केका हरुलाइ उनरको सिप अनुसार नेपालमा रोजगारको व्यवस्थापन गर्ने र कुनै प्रोजेक्टहरुमा लगानी गर्ने एनआरएनएको तर्फबाट वातावरण मिलाउने साथै मलेसियामा एउटा श्रमिक हस्पिटल बनाउने एनआरएनएको एउटा एजेन्डा रहेकोछ। यसलाई आफु निर्वाचित हुन साथ केन्द्र संग समन्वय गरेर इन्स्योरेन्सको पोलिसी अनुसार काम गर्ने बताएका बताउनु भएको छ ।

त्यसैगरी एनआरएनए एसिया प्यासिफिक क्षेत्रका संयोजक पदका प्रत्याशी उम्मेदवार हरिप्रसाद भट्टराईले एनआरएनए मलेसियाको आफु अध्यक्ष पदमा रहदा आफुले नेपाली श्रमिक हरुको समस्या र उनीहरुको हितका लागि थुप्रै काम गरेको कोरोना महामारीको बेलामा मलेसियामा रहेको नेपाली हरुलाई व्यक्तिगत पैसाले विभिन्न ठाउमा खाद्यान्न र व्यवस्थापन गरिएको र आफ्नै कार्यकालमा आफ्नै पैसाले एउटा एनआरएनएको अफिस खोलेर त्यहाबाट श्रमिक हरुको लागि काम गरेको बताउदै अहिलेको एनआरएनए एनसीसी मलेसिया कार्यसमितिका अध्य बिनोद थापाको टिमले धेरै राम्रो काम गरिरहेकोछ। र अहिले एउटा श्रमिक हरुकोलागि सेल्टर हाउस पनि खोल्नु भएकोछ। यसमा मैले गर्न सक्ने व्यक्तिगत सहयोग गर्ने। तर म केन्द्रबाट भोट माग्न आउने एनआरएनएको नेता जस्तो यति उति दिन्छु भन्दिन तर म एसिया प्यासिफिक क्षेत्रको संयोजकमा निर्वाचित भए भने मलाई एनसीसीले पठायोस् आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जायर गरे ।

उनले थपे एनआरएनएको अभियानमा भर्खरै थाइल्यान्ड हुदै जापान भ्रमण जादा जापानमा रहेको नेपाली हरुले यति धेरेै समान माया गर्नुभयो। म जापानको विभिन्न ठाउमा पुगेर त्यहाँको श्रमिकहरु संग पनि भेटघाट गर्दा जापनको नेपाली दाजुभाइ दिदीबहिनीहरुको समान, साथ सपोर्टको गराई आनुसार आफु एसिया प्यासिफिकमा निर्वाचित हुने बलियो पकट रहेको बताउनुभयो ।

त्यसैगरी आफु एनआरएनए प्यासिफिक भएपछि एसिया मुलुकमा एनसीसी स्थापना नभएका इन्डोनेशिया, र फिलिपिन्समा एनआरएनए एनसीसी स्थापना गर्ने र स्थापना भएर पनि निस्क्रिय भएर बसेका एनसीसीलाई फेरी खोल्ने पुर्णता दिने र नेपाल मलेसियामा भएको धार्मिक र पर्यटकीय आउनेलाई उजागर गरेर लाने र मलेसियाको रावाङ्गमा माहाथिरले दिएको जग्गामा एउट मन्दिर बनाउने पहिलाकै एजेन्डा छ। र त्यसलाई आफु निर्वाचित हुन साथ सोही ठााउमा नेपाल र मलेसियालाई जोड्ने एउटा धार्मिक थलो मन्दिर बनाउने बताउनुभयो ।

भट्टराई गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रको आगामी २०२३-२०२५ कार्यकालका लागि संयोजक पदका प्रत्याशी उम्मेदवार हुन्। भने न्यौपाने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्ष पदका प्रत्याशी उम्मेदवार हुन् ।

उनीहरु दुवैजना विगत लामो समय देखि मलेसिया लाई कर्मथलो बनाई सामाजिक काममा गर्दै एनआरएनए एनसीसीको अध्यक्ष हुदै भट्टराई एनआरएनए एसिया प्यासिफिक उपसंयोजक पद समालिरेहेका छन्। भने एनआरएनए उपाध्यक्ष को उम्मेदवार खगेन्द्र न्यौपाने पनि एनआरएनए एनसीसी मलेसियाको अध्यक्ष हुदै एसिया क्षेत्रको उपसंयोजक, संयोजक, र एनआरएनए आइसीसी सदस्य हुदै एनआरएनए सचिव पद समालिरहेका छन् ।

उनीहरु आफ्नो कार्यकाल हरुमा धेरै राम्रो काम गर्दा गर्दै पनि केही गर्न बाकी रहेको र यस् पदमा बसेर भन्दा पनि अलिक माथिल्लो पदमा गएर काम गर्न सकिन्छ भन्ने हेतुले आफुहरुले एनआरएनए उपाध्यक्ष र एनआरएनए एसिया क्षेत्र को संयोजकमा उम्मेदवारी दिएको बताउदै एनआरएनए एनसीसी लाई धन्यवाद ज्ञापन सहित महाधिवेशन प्रतिनिधि डेलिगेट्स हरुलाई आफु हरुलाई अत्यधिक मत दिएर बिजय गराउनुहुन पनि आग्रह गर्नु भयो ।

त्यसै सन्दर्भमा कार्यक्रममा उपस्थिति विभिन्न संघसंस्था र राजनीतिक संगठनका प्रतिनिधिहरुले आफ्नो आफ्नो जिज्ञासा धारणा राख्दै उम्मेदवार दुवैजनालाई मलेसियाबाट गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औं महाधिवेशनमा एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने र एसिया प्यासिफिक क्षेत्रका संयोजककामा हरिप्रसाद भट्टराई जिताउन एकताबद्ध भएर लाग्ने प्रतिबद्धता दिदै कार्यक्रममा उपस्थिति हरुले खादालाएर जितको शुभकामना दिएका थिए ।

गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११ औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएकोछ। गैर आवासीय विश्व सम्मेलनमा विश्वभरिका ८० देश भन्दा बडीका ४२ सय एनआरएनका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।