मलेसियामा कार्यरत दुईजना नेपाली श्रमिकको एक-एक दिनको अन्तरालमा मृत्यु।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत दुईजना नेपाली श्रमिकको एक – एक दिनको अन्तरालमा असमायिक मृत्यु भएको छ ।  मृत्यु हुने दुईजना श्रमिक मध्यमा एकजना यस कुमार सुवेदीको सुत्यासुत्यै अवस्थामा मृत्यु भएको र अर्को एकजना भगध्वज लिम्बुको रोगको कारण बिरामी परेर मृत्यु भएको हो ।

नेपाल ठेगाना जिल्ला तेह्रथुम म्याङ्लुङ न.पा.वडा नम्बर. १० घर भएका घरको एक्लो छोरा,घर/परिवार खर्च धान्न बिगत ५ बर्षदेखि मलेसियाको शाहआलममा एफडब्लुजि ( Freightwatch G Patomotoh Security Services Sdn.Bhd./FWG) कम्पनीसंग आबद्ध रहि  वैधानिक हैसियतमै सुरक्षागार्डको क्षेत्रमा रातीको समयमा काम गर्दै आएका नेपाली श्रमिक यस कुमार सुवेदीको यहीँ अक्टोबर १ तारिख आईतवारको बिहान मृत्यु भएको हो ।

मलेसियामा स्थापित सामाजिक संस्था तेह्रथुम मलेसिया सम्पर्क मञ्चले जानकारी दिए अनुसार रातिको डिउटि सकिए पश्चात् आफ्नै होस्टेलको रुममा आएर खाना खाएर बिहान सुतेको यस कुमार सुबेदिको सुत्यासुत्यै अवस्थामा रुममा बस्ने अन्य नेपालीहरुले मृत फेला पारेको जानकारी दिनुभयो ।

त्यस्तै मलेसियाको जोहोर राज्यमा अवस्थित ( Superior Protection SDN BHD ) कम्पनीमा काम गर्दै आएका जिल्ला तेह्रथुम, साविक बसन्तपुर गाविस वडा नं. ४ हाल लालीगुराँस नगरपालिका वडा नं. २ बस्ने वर्ष ३४ को पासपोर्ट नम्बर ०८४६८४८९ रहेका भगध्वज लिम्बुको पनि असमायिक मृत्यु भएको छ ।

बैदेशिक रोजगारको लागि ट्रष्ट नेपाल ओभरसिज मेनपावर मार्फत आज भन्दा तीन बर्ष पहिले काम गर्न मलेसिया आईपुगेका थिए । मृत्यु हुनुभन्दा केहि दिन पहिलेदेखिनै हातखुट्टा सुनिने गरेर बिरामी परेका लिम्बुको यहीँ अक्टोबर २ तारिख सोमबारको दिन मृत्यु भएको मञ्चले जानकारी दिए ।

मञ्चले बताएअनुसार मलेसियास्थित नेपाली दूतावासको सहयोग समन्वयमा निज दुबैजना मृतकको शव नेपाल फर्काउने तयारी भैइरहेको साथै मृतक सुवेदी र लिम्बुको घरको आर्थिक अवस्था एकदमै नाजुक रहेको र अहिलेसम्म वैदेशिक रोजगारीले घरखर्च धानीरहेको अब कमाउने घरको अभिभावककोनै मृत्यु भैइसकेपछि ऊनीहरुको घर परिवारमा ठूलो क्षेती पुगेको भन्दै मञ्चले परिवारलाई सहयोग हेतु आर्थिक संकलन अभियान समेत सञ्चालन गर्ने तयारी गरेको बताए ।