एनआरएनए आईसिसि उपाध्यक्ष श्रेष्ठ ११औं महाधिवेशनबारे छलफल गर्न, भोट माग्न मलेसियामा।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसिसि केन्द्रका उप-अध्यक्ष एवम् अध्यक्ष पदका प्रत्याशी उम्मेदवार महेश कुमार श्रेष्ठ, र प्रत्याशी दाबेदार उम्मेदवार कृष्ण जेबी पन्तलाई एनआरएनए एनसिसि मलेसिया र नेपाली जनसम्पर्क समिति मलेसियाले भब्य स्वागत गरेको छ ।

श्रेष्ठ र पन्त आज बिहिवार बिहान मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएमा अवतरण गरेको हो । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद (एनआरएनए) का उपाध्यक्ष महेश कुमार श्रेष्ठर र कृष्ण जेबी पन्तलाई एनआरएनए एनसिसि मलेसियाको तर्फबाट अध्यक्ष बिनोद थापा, एनआरएनए आईसिसिका सचिव खगेन्द्र न्यौपाने त्यसैगरी संघका उपाध्यक्ष हेमराज सापकोटा , र सचिव बिष्णु प्रसाद बरालको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाली जनसम्पर्क समिति मलेसियाको तर्फबाट समितिका सभापति चोलाकान्त पंगेनी, उपाध्यक्ष कमल प्रसाद गौतम , टेक बहादुर टमाटर, र महामन्त्री हरि कोइराला लगायत मिडियाकर्मी इश्वर राई, यज्ञ कुमार राई लगायतले मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थलमा खादा लागाएर स्वागत गरेका थिए ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्  (एनआरएनए) को ११औं महाधिवेशन यहीँ महिना अक्टोबर १७ तारिखदेखि हुने भएपछि एनआरएनए एनसिसि मलेसियासंग भेेटघाट तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन बारेमा छलफल गर्न र आफ्नो पक्षमा भोट माग्न मलेसिया आएका हुन् ।

श्रेष्ठ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी २०२३-२०२५ कार्यकालका लागि अध्यक्ष पदका प्रत्याशी उम्मेदवार हुन्। भने पन्त गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औ महाधिवेशनमा एनआरएनएको सचिव पदका प्रत्याशी उम्मेदवार हुन् ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष महेश कुरा श्रेष्ठ, र कृष्ण जेबी पन्तले यहीँ महिना अक्टोबर १७ देखि हुने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११औं महाधिवेशनमा आफ्नो आफ्नो तर्फबाट उम्मेदवारी घोषण पनि गरिसकेका छन् ।

उनीहरु यतिबेला गैर आवासीय अभियानका लागि विश्व भ्रमणमा रहेका छ्न । सोही भ्रमणको क्रममा युरोपियन मुलुक , खाडी मध्यपर्व हुँदै आज कुवेतदेखि मलेसिया आएका हुन् ।

त्यस्तै आज मध्यान्ह १२:०० बजे गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) मलेसियाका कार्यसमिति लगायत गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११औं महाधिवेशन प्रतिनिधि डेलिगेट्सहरु संग भेटघाट तथा समसामयिक बिषयमा छलफल गर्ने एनआरएनए मलेसियाले जनाएको छ ।